Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

जो चर्चामा छन् उनीहरु जेनजी होइनन्: वास्तविक जेनजी लुके, प्रधानमन्त्रीले पहिचान गरिनन्

जो चर्चामा छन् उनीहरु जेनजी होइनन्: वास्तविक जेनजी लुके, प्रधानमन्त्रीले पहिचान गरिनन्
  • २९ भाद्र २०८२, आईतवार १७:०७

काठमाडौं– अहिले जेनजी आन्दोलनका कारण देशमा चर्चा छ । यही आन्दोलनका कारण सरकार समेत फेरिएको छ । तर जेनजी आन्दोलन हाईज्याक गरेको आरोप लागेको छ । जेनजी आन्दोलन सुरु गर्ने ११ जना युवाहरु भने विभिन्न देशमा छन् । उनीहरुले विदेशमा बसेर जेनजी आन्दोलन सञ्चालन गरे । तर अहिले उनीहरु गुननाम हुन बाध्य भए ।

mulpatra

जेनजी अभियान भ्रष्टचारबिरुद्ध थियो । उनीहरु चारै जना यसैमा केन्द्रीत थिए । आन्दोलन समेत भयो सफल पनि भयो । तर यसको नेतृत्वमा देखिएका ती युवा हराए । मिराज ढुंगानालाई नेता चयन गरेर यु टयुबमा अन्तरर्वार्ताका लागि पठाइयो । उनलाई नै सार्वजनिक गरियो । किन आन्दोलन चरणबद्ध गर्ने पक्षमा थिए ।

अहिले चर्चामा आएका सुदन गुरुङ भने आन्दोलनको तेस्रो दिन मात्र जेनजी समुहमा जोडिएका हुन् । योभन्दा अगाडी उनलाई कत्तै नदेखेको जेनजीकै भाइ बहिनीहरु बताउँछन् ।

mulpatra mulpatra mulpatra

जेनजी आन्दोलनमा नेतृत्व गरेका मिराज ढुंगानाको टोलीले माईतिघरमा सामान्य प्रदर्शन मात्रै होला भन्ठानेको तर आन्दोलनको पहिलो दिन माइतीघर मण्डला पुग्दा अकल्पनिय मान्छेको उपस्थित भएको देखेपछि उनी छक्क परे । उनीसहित ४ जना साथी यसको नेतृत्वमा थिए । उनीहरु आन्दोलनका दिन माइतीघर पुग्दा जना नै अचम्ममा परे । जहाँ ठुलो भीड थियो । त्यसपछि उनीहरु आन्दोलनको रिङ छाडेर साइल्याण्ड बसे ।

भ्रष्टाचारबिरुद्ध आन्दोलन गर्दै गर्दा अघिल्लो दिनबाट ‘हाईज्याक’ भईसकेको पत्तै पाएनन् । त्यसपछि उनीहरु लुके । जेनजीका वास्तविक टिम भनेको आन्दोलन वा घटनासँग जोडिएको नेतृत्व वा रणनीतिकार समूह हो भन्ने बुझिन्छ । अहिले नेपालमा देखिएको जेनजी आन्दोलन÷समूहलाई धेरैजसोले बाहिर बसेका छन् ।

यससँग विदेशमा बसेका नेपाली युवाहरूको टिमले जेनी आन्दोलन चलाइका थिए । आन्दोलनपछि हिंसा भएपछि उनीहरु चुपचाप बसे । आफूले उठाएको मुद्वा अरूले हाईज्याक गरेपछि तथा अचानक प्रदर्शनकारीको हत्या हुन थाले पछि मिराज डराएर लुकेर बसिरा’छन् ।
त्यसका मुख्य परिकल्पनाकार तीन जना भने अहिले पनि सम्पर्कमा छन, ती मध्य एक हुन– गौरब पाण्डे हुन् । तर, तीनै जना अहिले मिराज सम्पर्कमा नहुदाँ उनीहरू पनि हैरानी परिरहेका रहेछन् । उनीहरू पनि डराईरहेको जस्तो अवस्थामा छन् ।

Image Source: © https://mulpatra.com

मिराजलाई कस कसले धम्काए, तर्साए र उनी किन लुकेर बसिरा’छन् ? दुईजना पात्र सुरक्षाका लागि गोप्य राखेको छु।सुरक्षाका कारण तत्काल लेख्न नमिले पनि बिस्तृतमा पछि लेख्ने नै छु ।

हामी नेपाली के कसरी गाडी लिएर आयो, त्यस पछि के के भयो ? बिस्तृतमा आउने नै छ । तर, उनको मोबाईल स्विचअफ भए पनि उनी सकुशल छन्, भन्ने आस उनीहरुको छ । उता, मिराज सोझो र अन्तरमुखी भएकाले पनि स्वभावजन्य रूपले उनी प्रदर्शनमा उपस्थित भए पनि उनी फ्रन्टमा देखिएनन्, त्यसमाथी उनी नयाँ फेस थिए । तर, नेतृत्वमा उनी शो नै भएनन, उनीहरू पुग्दा अरू धेरै जम्मा भई आन्दोलनको भुमी कब्जा गरिसकेको अवस्था थियो ।

किशोर तथा युवा पुस्ताको आन्दोलनको जगमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्ने क्रममा आन्दोलनमा षडयन्त्र भएको विषय उठाइन् । तर उनैले जेनजीको पहिचान नगरेको देखियो ।

भदौ २३ र २४ गतेबीच २७ घण्टाको आन्दोलनका दौरान नेपालका अपरिहार्य र अत्यन्त आवस्यक दस्तावेजहरु जलाइएको प्रति इङ्गित गर्दै उनले यस्तो भनेकि हुन् । यही आन्दोलनमा ७२ जनाले ज्यान गुमाए ।

जेनजी आन्दोलनका क्रममा देशभरमा ७२ जनाको निधन उक्त कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले जानकारी गराएका हुन् । उनका अनुसार आन्दोलनकारीतर्फ ५९ जना, प्रहरीतर्फ ३ जना र कारागारबाट भाग्न खोज्ने १० जना कैदीको मृत्यु भएको छ ।