जो चर्चामा छन् उनीहरु जेनजी होइनन्: वास्तविक जेनजी लुके, प्रधानमन्त्रीले पहिचान गरिनन्
काठमाडौं– अहिले जेनजी आन्दोलनका कारण देशमा चर्चा छ । यही आन्दोलनका कारण सरकार समेत फेरिएको छ । तर जेनजी आन्दोलन हाईज्याक गरेको आरोप लागेको छ । जेनजी आन्दोलन सुरु गर्ने ११ जना युवाहरु भने विभिन्न देशमा छन् । उनीहरुले विदेशमा बसेर जेनजी आन्दोलन सञ्चालन गरे । तर अहिले उनीहरु गुननाम हुन बाध्य भए ।

जेनजी अभियान भ्रष्टचारबिरुद्ध थियो । उनीहरु चारै जना यसैमा केन्द्रीत थिए । आन्दोलन समेत भयो सफल पनि भयो । तर यसको नेतृत्वमा देखिएका ती युवा हराए । मिराज ढुंगानालाई नेता चयन गरेर यु टयुबमा अन्तरर्वार्ताका लागि पठाइयो । उनलाई नै सार्वजनिक गरियो । किन आन्दोलन चरणबद्ध गर्ने पक्षमा थिए ।
अहिले चर्चामा आएका सुदन गुरुङ भने आन्दोलनको तेस्रो दिन मात्र जेनजी समुहमा जोडिएका हुन् । योभन्दा अगाडी उनलाई कत्तै नदेखेको जेनजीकै भाइ बहिनीहरु बताउँछन् ।
जेनजी आन्दोलनमा नेतृत्व गरेका मिराज ढुंगानाको टोलीले माईतिघरमा सामान्य प्रदर्शन मात्रै होला भन्ठानेको तर आन्दोलनको पहिलो दिन माइतीघर मण्डला पुग्दा अकल्पनिय मान्छेको उपस्थित भएको देखेपछि उनी छक्क परे । उनीसहित ४ जना साथी यसको नेतृत्वमा थिए । उनीहरु आन्दोलनका दिन माइतीघर पुग्दा जना नै अचम्ममा परे । जहाँ ठुलो भीड थियो । त्यसपछि उनीहरु आन्दोलनको रिङ छाडेर साइल्याण्ड बसे ।
भ्रष्टाचारबिरुद्ध आन्दोलन गर्दै गर्दा अघिल्लो दिनबाट ‘हाईज्याक’ भईसकेको पत्तै पाएनन् । त्यसपछि उनीहरु लुके । जेनजीका वास्तविक टिम भनेको आन्दोलन वा घटनासँग जोडिएको नेतृत्व वा रणनीतिकार समूह हो भन्ने बुझिन्छ । अहिले नेपालमा देखिएको जेनजी आन्दोलन÷समूहलाई धेरैजसोले बाहिर बसेका छन् ।
यससँग विदेशमा बसेका नेपाली युवाहरूको टिमले जेनी आन्दोलन चलाइका थिए । आन्दोलनपछि हिंसा भएपछि उनीहरु चुपचाप बसे । आफूले उठाएको मुद्वा अरूले हाईज्याक गरेपछि तथा अचानक प्रदर्शनकारीको हत्या हुन थाले पछि मिराज डराएर लुकेर बसिरा’छन् ।
त्यसका मुख्य परिकल्पनाकार तीन जना भने अहिले पनि सम्पर्कमा छन, ती मध्य एक हुन– गौरब पाण्डे हुन् । तर, तीनै जना अहिले मिराज सम्पर्कमा नहुदाँ उनीहरू पनि हैरानी परिरहेका रहेछन् । उनीहरू पनि डराईरहेको जस्तो अवस्थामा छन् ।
मिराजलाई कस कसले धम्काए, तर्साए र उनी किन लुकेर बसिरा’छन् ? दुईजना पात्र सुरक्षाका लागि गोप्य राखेको छु।सुरक्षाका कारण तत्काल लेख्न नमिले पनि बिस्तृतमा पछि लेख्ने नै छु ।
हामी नेपाली के कसरी गाडी लिएर आयो, त्यस पछि के के भयो ? बिस्तृतमा आउने नै छ । तर, उनको मोबाईल स्विचअफ भए पनि उनी सकुशल छन्, भन्ने आस उनीहरुको छ । उता, मिराज सोझो र अन्तरमुखी भएकाले पनि स्वभावजन्य रूपले उनी प्रदर्शनमा उपस्थित भए पनि उनी फ्रन्टमा देखिएनन्, त्यसमाथी उनी नयाँ फेस थिए । तर, नेतृत्वमा उनी शो नै भएनन, उनीहरू पुग्दा अरू धेरै जम्मा भई आन्दोलनको भुमी कब्जा गरिसकेको अवस्था थियो ।
किशोर तथा युवा पुस्ताको आन्दोलनको जगमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्ने क्रममा आन्दोलनमा षडयन्त्र भएको विषय उठाइन् । तर उनैले जेनजीको पहिचान नगरेको देखियो ।
भदौ २३ र २४ गतेबीच २७ घण्टाको आन्दोलनका दौरान नेपालका अपरिहार्य र अत्यन्त आवस्यक दस्तावेजहरु जलाइएको प्रति इङ्गित गर्दै उनले यस्तो भनेकि हुन् । यही आन्दोलनमा ७२ जनाले ज्यान गुमाए ।
जेनजी आन्दोलनका क्रममा देशभरमा ७२ जनाको निधन उक्त कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले जानकारी गराएका हुन् । उनका अनुसार आन्दोलनकारीतर्फ ५९ जना, प्रहरीतर्फ ३ जना र कारागारबाट भाग्न खोज्ने १० जना कैदीको मृत्यु भएको छ ।
