मन्त्रीपरिषद विस्तारः विस्तारित मन्त्रीपरिषदको सपथ आज
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले आइतबार साँझ मन्त्रीपरिषद विस्तार गरेकी छिन् । थपिएका मन्त्रीहरुको सपथ आज हुने तय भएको मन्त्रालय श्रोतले जनाएको छ ।

थपिएका मन्त्रीहरुमा कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । भने अर्थमन्त्रालयको जिम्मा रामेश्वर खनाललाई दिइएको छ । त्यसैगरि कानुन विद ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
अर्थमन्त्रालयको जिम्मेवारी पाएका खनाल पूर्वअर्थसचिव हुन् । हालै उनको नेतृत्वको आर्थिक पुनसंरचना आयोग बनेको थियो । विद्युत प्राधिकरणबाट ओली सरकारले जबरजस्ती हटाएका घिसिङ नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हुन् । लामो समय कानुन क्षेत्रमा काम गरेका अर्याल काठमाडौं महानगरपालिकाको कानुनी सल्लाहकारका रुपमा समेत काम गरेका थिए ।
