Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

मन्त्रीपरिषद विस्तारः विस्तारित मन्त्रीपरिषदको सपथ आज

मन्त्रीपरिषद विस्तारः विस्तारित मन्त्रीपरिषदको सपथ आज
  • ३० भाद्र २०८२, सोमबार ०८:२२

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले आइतबार साँझ मन्त्रीपरिषद विस्तार गरेकी छिन् । थपिएका मन्त्रीहरुको सपथ आज हुने तय भएको मन्त्रालय श्रोतले जनाएको छ ।

mulpatra

थपिएका मन्त्रीहरुमा कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । भने अर्थमन्त्रालयको जिम्मा रामेश्वर खनाललाई दिइएको छ । त्यसैगरि कानुन विद ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

अर्थमन्त्रालयको जिम्मेवारी पाएका खनाल पूर्वअर्थसचिव हुन् । हालै उनको नेतृत्वको आर्थिक पुनसंरचना आयोग बनेको थियो । विद्युत प्राधिकरणबाट ओली सरकारले जबरजस्ती हटाएका घिसिङ नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हुन् । लामो समय कानुन क्षेत्रमा काम गरेका अर्याल काठमाडौं महानगरपालिकाको कानुनी सल्लाहकारका रुपमा समेत काम गरेका थिए ।

mulpatra mulpatra mulpatra