Close

Recent Posts

जेनजी आन्दोलनका नाममा वैदेशिक रोजगारीमा कार्यरतसहित अन्य नेपालीसँग विभिन्न देशमा चन्दा उठाइँदै

जेनजी आन्दोलनका नाममा वैदेशिक रोजगारीमा कार्यरतसहित अन्य नेपालीसँग विभिन्न देशमा चन्दा उठाइँदै
  • ३० भाद्र २०८२, सोमबार १०:४८

अमेरिका– गत २३ र २४ को जेनजीहरूको प्रदर्शनपछि वैदेशिक रोजगारीमा कार्यरत कामदारसँग विभिन्न समुहले पैसा उठाइरहेको छ । हामी नेपाली, नेपाल बनाउ, सुन्दर नेपाल र अन्य नामक संस्था नै बनाएर पैसा उठाउने काम भइरहेको छ । योसँगै अष्टेलिया, अमेरिका, बेलायत र क्यानडामा ‘गोफन्डमी’ प्लेटफर्ममार्फत चन्दा उठाउने काम भइरहेको छ ।

mulpatra

आइतबार साँझसम्मको विवरणअनुसार प्लेटफर्ममा १०० भन्दा धेरैले बेग्लाबेग्लै कोष खडा गरेका छन् । उनीले मलेसिया, कतार, साउदी, यूएई, कुवेत, भारत, अष्टेलिया, युरोपका देश, क्यानडा र अमेरिकामा जेनजीका चन्दा उठाइरहेका छन् । सुदन गुरुङ अध्यक्ष रहेको र हाल जेनजी आन्दोलनका क्रममा राहत र उद्धारमा स्वयं सेवक परिचालन गरेको संस्था ‘हामी नेपाल’का अनुसार मिल्दोजुल्दो नाम राखेर यसरी पैसा उठाउने र ठग्ने क्रम पनि बढेको छ ।

हामी नेपालले यस आन्दोलनका नाममा रकम उठाउने काम नगरेको र कसैले यो नाम जोडेर सहयोग मागेमा नदिन, रकम संकलन र सहयोग नगर्न अनुरोध गरिरहेको छ ।

mulpatra mulpatra mulpatra

आभास बमजन र मञ्जिल लामिछानेका नामबाट खोलिएको कोषमा ३ लाख ३८ हजार १३१ अस्ट्रेलियन डलर अर्थात् ३ करोड १७ लाख रुपैयाँ जम्मा भइसकेको छ । उनीहरुले ४ लाख ६० हजार अस्ट्रेलियन डलर अर्थात् ४ करोड ३१ लाख रुपैयाँ उठाउने लक्ष्य राखेका छन् । यस्तै मलेसिया रोचक गुरुङका नाममा ७ लाखभन्दा बढी मलेसियन र्रिग्रेट। यूएईमा विकास क्षेत्रीले १० लाख दिरामभन्दा बढी, कतारमा ६ लाख रियाल, साउदीमा ९ लाख र कुवेतमा पनि चन्दा उठाउने काम भइरहेको छ । यस्तै क्यानडामा दिवाकर भुजेल र भारतीय नागरिक सेहल भन्ने व्यक्तिले जेनजीका नाममा पैसा उठाइरहेका छन् । उता युरोपमा दिपक गुरुङ, मनोज श्रेष्ठ र अमेरिकामा हर्क मोक्ताना र विजन भन्ने व्यक्तिले समुह नै बनाएर जेनीका नाममा चन्दा उठाइरहेका छन् ।

चन्दा माग्नेहरुले चिकित्सा सेवा र आपूर्ति पुर्‍याउन, मृतकका परिवारलाई आर्थिक सहयोग गर्न र भ्रष्टाचारविरुद्ध लड्न रकम आवश्यक परेको भनेर लेखेका छन् ।

युएस कलेजियट कोलिसन अफ नेप्लिज स्टुडेन्ट एसोसिएसनले ३५ लाख ६७ हजार रुपैयाँबराबरको रकम प्राप्त गरेका छन्। त्यस्तै बेलायतबाट नेपाल बिजनेस डाइरेक्ट्रीको खातामा २८ लाख जम्मा भइसकेको छ ।

Image Source: © https://mulpatra.com

अमेरिकामा रहेको युनाइटेड नेप्लिज एसोसिएसनले ३० लाख २८ हजार रुपैयाँ उठाइसकेको छ। उसले १ करोड ४१ लाख रुपैयाँ संकलन गर्ने लक्ष्यका साथ अभियान चलाइरहेको छ। यस संस्थाले आफ्नो कुलमान घिसिङदेखि ज्ञानेन्द्र शाहीसम्मका तस्बिर वेबसाइटमा राखेको छ ।

गोफन्डमी एक अमेरिकी प्लेटफर्म हो। यसमा कुनै व्यक्ति, समुदाय र संस्थालाई विभिन्न कामहरूका लागि सहज रुपमा रकम जुटाउन सकिन्छ । तर नेपाल यसमा समर्थित देश नभएकाले यसको सेवा प्रत्यक्ष उपलब्ध छैन। विदेशमा रहेका व्यक्तिले रकम संकलन गरेर जम्मा भएको रकम नेपाल पठाउन भने सक्छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आइतबारसम्म प्रदर्शनमा मृत्यु हुने संख्या ७२ पुगिसकेको छ। अझै सयौँ घाइतेको उपचार जारी छ। कयौँ भौतिक संरचनाहरुमा पनि क्षति पुगेको छ ।

भ्रष्टाचार, अनियमिततालगायतका विकृतिविरुद्ध शान्तिपूर्ण प्रदर्शन हुँदा घुसपैठ र सरकारी दमनपछि व्यापक जनधनको क्षति भएसँगै नेपाली मात्रै नभई विदेशीहरूले समेत नेपालका तोडफोड र आगजनीका तस्बिरहरु राखेर रकम उठाउने क्रम बढेको हो । यसको विकास गर्ने घाइतेको उपचार गर्ने र अन्य सहयोगमा नाममा पैसा उठाउने काम भइरहेको यृुरोपबाट एक नेपाली जानकारी दिए ।