Close

Recent Posts

तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै सुविधा नलिने अर्थमन्त्री खनाल

तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै सुविधा नलिने अर्थमन्त्री खनाल
  • ३० भाद्र २०८२, सोमबार १३:१५

काठमाडौं– शीतलनिवासमा उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग अन्य दुई मन्त्रीहरू कुलमान घिसिङ र ओमप्रकाश अर्यालसँगै पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

mulpatra

आगामी फागुन २१ मा चुनाव गराउने म्यान्डेटसहित जेनजी प्रदर्शनको बलमा केपी शर्मा ओली नेतृत्वको सरकारलाई अपदस्थ गर्दै पूर्वप्रधानन्यायाधीश कार्की नेतृत्वको नयाँ सरकार बनेको हो ।

प्रधानमन्त्री कार्कीले खनाललाई युवाहरुको सिफारिसमा अर्थमन्त्री बनाएका हुन् । वि.सं. २०१३ असारमा पाल्पामा जन्मिएका खनाललाई देशको अर्थतन्त्र बुझेको व्यक्तिका रुपमा चिनिन्छ। उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् ।

mulpatra mulpatra mulpatra

कार्कीको अन्तरिम सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका रामेश्वर खनालले कुनै पनि सरकारी सुविधाहरू नलिने निर्णय गरेका छन् ।

पूर्वअर्थसचिव रामेश्वर खनालले यसअघि पनि बाबुराम भट्टराईको आर्थिक सल्लाहकारका रूपमा बिना कुनै सुविधासमेत जिम्मेवारी निभाएका थिए । उनले तलब, मन्त्री क्वार्टर, गाडी र पिएसओको सुविधासम्म नलिने स्पष्ट पारेका छन् । उनले केपी ओली सरकारलाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाउँदै नेपालको आर्थिक सुधारका लागि ठोस सुझावहरू दिएका छन् ।

३१ वर्ष निजामती सेवाको अनुभव संगालेका खनाल नेपाल सरकारका पूर्वअर्थ तथा राजस्वसचिव हुन्। उनीसँग १६ वर्षको अध्यापन अनुभवसमेत छ ।

Image Source: © https://mulpatra.com

आर्थिक वर्ष २०६६÷६७ मा नक्कली भ्याटबिल छानबिन प्रकरणमा कारबाही अघि बढाउन खोज्दा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग उनको खटपट भएको थियो। सोसँगै उनले अर्थसचिवबाट राजीनामा दिएका थिए । खनाललाई निवर्तमान सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्ष बनाएको थियो ।