Close

Recent Posts

२४ सै घण्टा खुल्ने भयो विपी राजमार्ग

२४ सै घण्टा खुल्ने भयो विपी राजमार्ग
  • ३१ भाद्र २०८२, मंगलवार ०९:५२

काठमाडौं । बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ । पोहोरको बाढीले बगाएको विपी राजमार्ग यसपाली मनसुन सुरु भएसँगै रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आएको थियो ।

mulpatra

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार दशैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो । यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाइ स्वीकृत सडक सुरक्षा कार्ययोजनाबमोजिम निर्णय गरिएको समितिले जनाएको छ ।

यसअघि काभ्रेपलान्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिको बैठकले गत असार ७ गतेदेखि बिपी राजमार्गमा साँझ ६ः३० बजेदेखि बिहान ५ः०० बजेसम्म तथा साउन महिनाभर साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म सडक सञ्चालनमा रोक लगाइएको थियो ।