Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

‘आवर ग्रिन हाउस’ले जेनजी आन्दोलनका शहीद स्मृतिमा वृक्षारोपण

‘आवर ग्रिन हाउस’ले जेनजी आन्दोलनका शहीद स्मृतिमा वृक्षारोपण
  • २ आश्विन २०८२, बिहीबार १६:३८

काडमाडौं – ‘आवर ग्रिन हाउस’ले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदका नाममा वृक्षारोपण गरेका छन् । सरकारले भदै २३ र २४ गते जेनजी आन्दोलनमा क्रममा मृत्यु भएकालाई शहिद घोषणा गर्ने निर्णय गरेको छ ।

mulpatra

जेनजी आन्दोलनका क्रममा ७४ जनाले ज्यान गुमाएका छन् । उनीहरुकै नाममा आज रत्नपार्कमा ‘आवर ग्रिन हाउस’ले शहीद परिवारका नाममा वृक्षारोपण गरेको छ । रत्नपार्कमा आवर ग्रिन हाउसले ३५ वटा जडीबुटीका विरुवा रोपेको ‘आवर ग्रिन हाउस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।

उनका अनुसार ‘आवर ग्रिन हाउस’ले वातावरण परिवर्तन र दियो विकास लागि काम गदै आएको छ । निर्भरताः दासत्व हो, स्वतन्त्रता मात्र एकमात्र मार्ग भएको उनले बताए । ‘शहीदहरूलाई साँचो सम्मान भनेको तिनीहरूको सपना पूरा गर्नु हो । आउनुहोस्, हाम्रो देशलाई पुनर्निर्माण गरौं । यसपटक अतुलनीय, अपराजेय र स्वतन्त्र बनाऔं भन्ने हाम्रो नाहार हो ।’ उनले भने ।

mulpatra mulpatra mulpatra

सरकारले भदै २३ र २४ गते जेनजी आन्दोलनमा क्रममा मृत्यु भएकालाई शहिद घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले पदभार समाल्दै भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा मृत्यु भएकालाई शहिद घोषणा गरेकी हुन् ।