‘आवर ग्रिन हाउस’ले जेनजी आन्दोलनका शहीद स्मृतिमा वृक्षारोपण
काडमाडौं – ‘आवर ग्रिन हाउस’ले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदका नाममा वृक्षारोपण गरेका छन् । सरकारले भदै २३ र २४ गते जेनजी आन्दोलनमा क्रममा मृत्यु भएकालाई शहिद घोषणा गर्ने निर्णय गरेको छ ।

जेनजी आन्दोलनका क्रममा ७४ जनाले ज्यान गुमाएका छन् । उनीहरुकै नाममा आज रत्नपार्कमा ‘आवर ग्रिन हाउस’ले शहीद परिवारका नाममा वृक्षारोपण गरेको छ । रत्नपार्कमा आवर ग्रिन हाउसले ३५ वटा जडीबुटीका विरुवा रोपेको ‘आवर ग्रिन हाउस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।
उनका अनुसार ‘आवर ग्रिन हाउस’ले वातावरण परिवर्तन र दियो विकास लागि काम गदै आएको छ । निर्भरताः दासत्व हो, स्वतन्त्रता मात्र एकमात्र मार्ग भएको उनले बताए । ‘शहीदहरूलाई साँचो सम्मान भनेको तिनीहरूको सपना पूरा गर्नु हो । आउनुहोस्, हाम्रो देशलाई पुनर्निर्माण गरौं । यसपटक अतुलनीय, अपराजेय र स्वतन्त्र बनाऔं भन्ने हाम्रो नाहार हो ।’ उनले भने ।
सरकारले भदै २३ र २४ गते जेनजी आन्दोलनमा क्रममा मृत्यु भएकालाई शहिद घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले पदभार समाल्दै भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा मृत्यु भएकालाई शहिद घोषणा गरेकी हुन् ।
