Close

Recent Posts

संविधानले नेपालीलाई एकताको सुत्रमा बाँधेको छः राष्ट्रपति

संविधानले नेपालीलाई एकताको सुत्रमा बाँधेको छः राष्ट्रपति
  • ३ आश्विन २०८२, शुक्रबार ०८:३७

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा सन्देश जारी गर्दै वर्तमान संविधानले नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको बताएका छन् ।

mulpatra

सरकारले नेपालको संविधान २०७२ जारी भएको दिन असोज ३ लाई संविधान दिवसका रुपमा मनाउदै आएको छ । सोही दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको शुभकामना सन्देशमा “वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ” भनेका छन् ।

राष्ट्रपतिले “नेपालीहरूबिच रहेको आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोही कसैबाट हुने छैन भन्ने मेरो विश्वास छ” भन्दै सामाजिक सदभाव भातृत्वको विकासमा जोड दिएका छन् ।

राष्ट्रपतिले गणतन्त्र स्थापनार्थ विभिन्न आन्दोलनका क्रममा जीवन आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै, आन्दोलनमा योगदान पुर्‍याउने राजनीतिक नेतृत्व, कार्यकर्ता र आम नागरिकलाई सम्मान प्रकट गरेका छन् ।