Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

संविधानले नेपालीलाई एकताको सुत्रमा बाँधेको छः राष्ट्रपति

संविधानले नेपालीलाई एकताको सुत्रमा बाँधेको छः राष्ट्रपति
  • ३ आश्विन २०८२, शुक्रबार ०८:३७

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा सन्देश जारी गर्दै वर्तमान संविधानले नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको बताएका छन् ।

mulpatra

सरकारले नेपालको संविधान २०७२ जारी भएको दिन असोज ३ लाई संविधान दिवसका रुपमा मनाउदै आएको छ । सोही दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको शुभकामना सन्देशमा “वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ” भनेका छन् ।

राष्ट्रपतिले “नेपालीहरूबिच रहेको आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोही कसैबाट हुने छैन भन्ने मेरो विश्वास छ” भन्दै सामाजिक सदभाव भातृत्वको विकासमा जोड दिएका छन् ।

mulpatra mulpatra mulpatra

राष्ट्रपतिले गणतन्त्र स्थापनार्थ विभिन्न आन्दोलनका क्रममा जीवन आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै, आन्दोलनमा योगदान पुर्‍याउने राजनीतिक नेतृत्व, कार्यकर्ता र आम नागरिकलाई सम्मान प्रकट गरेका छन् ।

Image Source: © https://mulpatra.com