सेनाभित्रै माओवादी समायोजित रथी अधिकारीले विद्रोह गर्ने धम्कीपछि लोकतन्त्र जोगियो, फर्किएन राजतन्त्र

काठमाडौं– जेनजी आन्दोलनपछि नेपालमा राजतन्त्र फर्किने त्रास थियो । तर राजतन्त्रका बारेमा सेनाभित्र विवाद हुँदा फर्किएपछि तत्काल राजतन्त्र फर्किएन ।
सामाजिक सञ्जाल प्रतिबन्ध र भष्ट्राचारविरुद्ध शान्तिपूर्ण गर्ने भनिएको आन्दोलन जेन–जी पुस्ताले रेडिट, डिस्कर्ड जस्ता वैकल्पिक सामाजिक सञ्जालमार्फत घोषणा गरेको थियो । उक्त आन्दोलन एकप्रकारले नेतृत्वविहीन नै बन्यो । त्यसपछि नेपाली सेना समेत अन्योलमा परेको थियो ।
पछिल्ला दिनहरूमा सत्ताधारी दलकै प्रमुख नेताहरूले परिवर्तन उल्ट्याउने षड्यन्त्र भइरहेको बताउँदै आएका थिए । हिन्दूराष्ट्र र राजसंस्था पुनस्र्थापनाको निम्ति बेला बखत प्रदर्शन हुने गरेका छन् । तर जेनजी आन्दोलनपछि नेपालमा राजतन्त्र फर्किन अडकवाजी धेरैको थियो ।
जेनजी आन्दोलनपछि सत्तामा हातमा आएका प्रधानसेनापति अशोकराज सिग्देललाई नेपालको राजनीतिक व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो । उनले जेनजी आन्दोलनपछि सत्तामा कसलाई ल्याउने भनेर ठुलो चुनौती परेको थियो । तर अन्तिममा सेनापतिले नै शुशिला कार्कीलाई जेनजीको मागअनुसार प्रधानमन्त्री बनाए । बालेन शाहको समर्थनपछि उनी प्रधानमन्त्री भइन् ।
नेपालमा लोकतन्त्र जोगाउन नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको भुमिका ठुलो रहयो । राष्टपछि रामचन्द्र पौडेलले यस विषयमा कांग्रेसका नेता शेखर कोइरालासँग टेलिफोन सम्वादमा भनेका थिए । लोकतन्त्र जोगाउन पूर्वलडाकुको भुमिका ठुलै रहयो ।
फरक मत स्वाभाविक हो । तर उनी माओवादी समायोजनबाट आएका सेनाले यसपटक विरोधको धम्की सेना भित्रै दिए । जसका कारण राजतन्त्र फर्किनबाट जोगिएको राष्टपति रामचन्द्र पौडेलले कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई फोनमार्फत सुनाएका थिए ।
नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको पदावधि आगामी तीन वर्षका लागि थपिएको छ । मबहादुर माओवादी लडाकुको पृष्ठभूमिबाट शान्ति प्रक्रियाको विधिशास्त्रका आधारमा सेनामा समाहित भएका हुन् । जेनजी आन्दोलनपछि प्रधानसेनापनि सिग्देल राजतन्त्र फकाउन चाहन्थे । यसमा विदेशी शक्तिको सहयोग भएपनि माओवादीबाट सेना विद्रोह गर्ने धम्की दिएपछि उनी पछि हटेका छन् । लोकतनत्र जोगाउन उनै अधिकारीले ठुलै भुमिका खेलेको पनि माओवादीभित्र चर्चा छ ।
सुरुमा महासेनानी भएका उनलाई केपी ओली नेतृत्वको तत्कालीन सरकारले २०७६ भदौ ३१ गते देखि लागू हुनेगरी सहायक रथीमा बढुवा गरेको थियो ।
लडाकुलाई सेनामा समायोजन गर्ने क्रममा करिब १४ सय जनाको हकमा राजनीतिक सहमति, अन्तर्राष्ट्रिय समुदायको सद्भाव र समर्थन तथा सरकारको निर्णयअनुसार विशेष निर्णय भएको थियो । त्यही विशेष निर्णयको उपज हुन् सहायकरथी यमबहादुर अधिकारी । उनका जनयुद्धमा प्रतिक्षाका नामले चर्चित थिए ।
सेनाभित्र राजनीतिक हस्तक्षेप भएको भनेर सैनिक सेवाभित्रै विवाद सिर्जना भएको छ । जङ्गी अड्डाभित्र मात्र होइन, अधिकारीको थमौती प्रकरणले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समेत प्रवेश पाएको छ ।
डिस्कर्डमा जेनजी नेपाल, द रिभोलुसन, जेनजी स्पिक्स, जेन–जी मुभमेन्ट नेपाल लगायतका अन्य समूह छन् भने भाइबरमा नयाँ नेपाल नेटवर्क, न्यु युथ जेनेरेसन भाइबर जस्ता समूह छन् । टेलिग्राम, मेसेन्जर, इन्स्टाग्राम, ह्वाट्सएपमा त ससाना समूह कतिकति !
नेपालमा सर्वजनिक प्रदर्शन वा आन्दोलनमा एकै दिन यति धेरै मानिस प्रहरीको गोली लागेर मारिएको पहिलो पटक भएको गृह मन्त्रालयका पूर्वसचिव उमेशप्रसाद मैनालीले जानकारी दिए ।
नेपाल प्रहरीमा ३० वर्ष सेवा गरेर नायब महानिरीक्षक (डिआईजी) बाट अवकाश पाएका हेमन्त मल्ललाई पनि प्रहरीको गोली प्रहारमा यति धेरै प्रदर्शनकारी यसअघि मारिएको सम्झना छैन । यो समस्या कहाँबाट र कसरी आयो भनेर अध्ययन गर्नुपर्ने बताएका छन् ।
यसअघि गत चैत १५ गते पनि राजसंस्था पक्षधरले गरेको प्रदर्शनका क्रममा काठमाण्डूको तीनकुनेमा प्रहरीले निकै गोली प्रहार गरेको र प्रहरीले जोखिमको पूर्वआकलन गर्न विफल भएको टिप्पणी भएको थियो । प्रदर्शनमा सहभागी नभएका निहत्था सर्वसाधारण समेत घाइते भएका थिए ।
भिडियो समेत