महिनाभित्र निर्वाचन, जनअपेक्षाअनुसार शासन प्रणाली: प्रधानमन्त्री
काठमाडौं– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रलाई जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणालीको रूपमा परिभाषित गरिन् ।

टुँडिखेलमा आयोजित मुख्य समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले रोजगार, जीवनस्तर, पारदर्शिता, सुशासन, कानूनी समानता र भ्रष्टाचार अन्त्य लगायतका विषयहरू सबै पुस्ताका साझा राष्ट्रिय एजेण्डा भएको उल्लेख गरिन् । संविधान दिवसको अवसरमामा प्रधानमन्त्री कार्कीले सरकार युवापुस्ताको अपेक्षाअनुसार काम गर्न पूर्ण प्रतिबद्ध रहेको बताएकी छन्।
जेनजी आन्दोलनको पृष्ठभूमिमा लोकतान्त्रिक मूल्य र संस्थागत कमजोरी स्वीकार गरेकी छन् । उनले युवा पुस्ताको चाहना अनुसार भविष्य केन्द्रित शासन प्रणाली निर्माण गर्न प्रतिबद्ध रहेको बताइन् । यस्तै, उनले ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गराएर जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेकी छन् ।
![]() |
![]() |
![]() |
|---|
संविधान दिवसलाई उत्सव मात्र नभई समीक्षा र मूल्यांकनको अवसरका रूपमा लिन उनको आग्रह छ । ‘म कुनै पदको लालसामा होइन, देश संकटमा परेको बेला युवा पुस्ताको आग्रहमा प्रधानमन्त्री भएकी हुँ। संविधानअनुसार ६ महिनाभित्र निर्वाचन गराएर जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने मेरो स्पष्ट प्रतिबद्धता छ’, उनले भनिन् ि।
उनले लोकतन्त्रको सार्थक अभ्यासका लागि खुला सरकार, नागरिकमैत्री शासन र भर्चुअल प्रणाली जस्ता अवधारणाहरूको अध्ययन गर्दै यथार्थमा कार्यान्वयन गर्ने आवश्यकता औँल्याइन् ।



