Close

Recent Posts

कांग्रेसले तत्काल कार्यवाहक कसैलाई नदिने

कांग्रेसले तत्काल कार्यवाहक कसैलाई नदिने
  • ३ आश्विन २०८२, शुक्रबार १४:४५

काठमाडौं– नेपाली कांग्रेसले तत्काल कसैलाई पनि कार्यवाहक सभापतिको जिम्मेवारी नदिने भएको छ । बैठकले कार्यवाहक नदिने र विशेष महाधिवेशन पनि नगर्ने निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए ।

mulpatra

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसमिति बैठकले तत्काल कसैलाई कार्यवाहक सभापतिको जिम्मेवारी नदिने निर्णय गरेको हो ।

आजको बैठकले अहिले कसैलाई कार्यवाहक सभापति नदिने र विशेष महाधिवेशन नबोलाउने निर्णय आजको बैठक गरेको यादवले बताए । आजको बैठक पार्टी उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको हो ।

mulpatra mulpatra mulpatra

भदौ २४ मा भएको जेनजीको आन्दोलनपछि सत्ताबाहिर पुगेको कांग्रेसको आज बसेको बैठकले कार्यवाहक र विशेष महाधिवेशनको विषयमा सभापति शेरबहादुर देउवा स्वस्थ भएर फर्किएपछि मात्रै छलफल हुने निर्णय गरेको हो । जेनजी आन्दोलनकारीको आक्रमणमा बूढानीलण्ठस्थित देउवाको घर पूर्णरुपमा जलेको छ भने उनी र उनकी श्रीमती आरजु राणा देउवा घाइते छन्। उनीहरू उपचाररत छन्।

अहिले देउवा घाइते छन्। जेनजी आन्दोलनकारीले कांग्रेस केन्द्रीय कार्यालय पनि तोडफोड र आगजनी गरेका थिए। आजको बैठक उक्त आगजनी र तोडफोड भएकै कार्यालयमा बसेको हो।