राष्ट्रपति निवासमा नयाँ नेतादेखि पुरानासम्म
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संविधान दिवसको अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा पुराना नेतादेखि जेनजी अगूवासम्मको जमघट देखिएको छ । कार्यक्रममा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र उनको मन्त्रीमण्डलमा रहेको मन्त्रीहरु पुगेका छन् । पूर्वराष्ट्रपतिहरु रामवरण यादव र विद्या भण्डारी समेत पुगेका छन् ।

चियापान कार्यक्रममा हालका मन्त्री तथा पुराना विभिन्न दलका नेता कार्यकर्ताहरु राष्ट्रपति कार्यालय पुगेका छन् । गृहमन्त्री ओमप्रकाश अर्याल कार्यक्रममा उपस्थित भएका छन् । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवम् नेकपा एसका नेता झलनाथ खनाल, रास्वपाका निवर्तमान सांसद शिशिर खनाल, नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल लगायतका नेताहरु पनि राष्ट्रपतिको निम्तो मान्न पुगेका छन् ।
कार्यक्रममा जेनजीका अगुवा दाबी गर्दै आएका सुधन गुरुङ पनि पुगेका छन् ।
![]() |
![]() |
![]() |
|---|



