Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, यात्रु अलपत्र

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, यात्रु अलपत्र
  • ४ आश्विन २०८२, शनिबार ०८:१२

काठमाडौ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा शुक्रबार साँझ देखि झरेको पहिलोको कारण सो सडक खण्ड अवरुद्ध भएको छ ।

mulpatra

नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने तुइन खोलामा शनिवार विहानसम्म निरन्तर पहिरो खसेकोले पन्छाउन समेत नसकिएको डिभिजन सडक कार्यालयले जनाएको छ । पहिरोका कारण शुक्रबार बेलुकी देखि थुनिएका यात्रुुहरु अलपत्र परेका छन् ।

पहिरोले १०० मिटर बढी सडक ढाकेको र निरन्तर पहिलो झरिरहेकोले रातको समयमा पन्छाउन नसकिएको कार्यालयले जनाएको छ । उज्यालो भएसँगै हाल दुबै तर्फबाट सडक पन्छाउने काम थालिएको छ तर पहिरो खस्ने डर रहिरहेकोले कति समयमा सडक खुलाउन सकिन्छ यकिन भएको सडक कार्यालयले जनाएको छ । थप पहिरो नगए १२ बजेसम्ममा सडक खुलिसक्ने जनाइएको छ ।

mulpatra mulpatra mulpatra