नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, यात्रु अलपत्र
काठमाडौ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा शुक्रबार साँझ देखि झरेको पहिलोको कारण सो सडक खण्ड अवरुद्ध भएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने तुइन खोलामा शनिवार विहानसम्म निरन्तर पहिरो खसेकोले पन्छाउन समेत नसकिएको डिभिजन सडक कार्यालयले जनाएको छ । पहिरोका कारण शुक्रबार बेलुकी देखि थुनिएका यात्रुुहरु अलपत्र परेका छन् ।
पहिरोले १०० मिटर बढी सडक ढाकेको र निरन्तर पहिलो झरिरहेकोले रातको समयमा पन्छाउन नसकिएको कार्यालयले जनाएको छ । उज्यालो भएसँगै हाल दुबै तर्फबाट सडक पन्छाउने काम थालिएको छ तर पहिरो खस्ने डर रहिरहेकोले कति समयमा सडक खुलाउन सकिन्छ यकिन भएको सडक कार्यालयले जनाएको छ । थप पहिरो नगए १२ बजेसम्ममा सडक खुलिसक्ने जनाइएको छ ।
