Close

Recent Posts

एमाले नेता महेश बस्नेतले पत्रकारलाई धम्की दिएकोमा कारवाही गर्न पत्रकार महासंघको माग

एमाले नेता महेश बस्नेतले पत्रकारलाई धम्की दिएकोमा कारवाही गर्न पत्रकार महासंघको माग
  • ४ आश्विन २०८२, शनिबार ११:३२

काठमाडौं । पत्रकार टेकमान शाक्यलाई नेकपा एमालेका नेता महेश बस्नेत स्वयम् र उहाँका सहयोगी व्यक्तिले आतङ्कित पार्ने र त्रसित बनाउने गरी धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।

mulpatra

प्रकाशित समाचारको विषयलाई लिएर पत्रकार शाक्यलाई बारम्बार धम्की दिएको घटनाको आफूले निन्दा र भर्त्सना गर्ने महासंघले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

समाचारको विषयलाई लिएर नेप्लिज टाइम्स डटकमका सम्पादक शाक्यलाई बस्नेत समूहबाट बारम्बार धम्की आएको घटनाको महासंघले निन्दा र भर्त्सना गर्ने जनाएको छ ।

पत्रकारलाई धम्की दिने बस्नेत लगायका लागि कारवाही गर्न माग गर्दै विज्ञप्तीमा भनिएको छ ‘प्रकाशित समाचारप्रति असहमति भए विधिसम्मत आफ्ना कुरा राख्न र पत्रकारलाई धम्की दिएर प्रेस स्वतन्त्रता हनन नगर्न महासंघ सम्बद्ध व्यक्तिहरूलाई सचेत गराउंदछ । साथै, पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरूलाई कानुनी कारबाही गर्न सम्बद्ध निकायसँग माग गर्दछ ।’