Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

एमाले नेता महेश बस्नेतले पत्रकारलाई धम्की दिएकोमा कारवाही गर्न पत्रकार महासंघको माग

एमाले नेता महेश बस्नेतले पत्रकारलाई धम्की दिएकोमा कारवाही गर्न पत्रकार महासंघको माग
  • ४ आश्विन २०८२, शनिबार ११:३२

काठमाडौं । पत्रकार टेकमान शाक्यलाई नेकपा एमालेका नेता महेश बस्नेत स्वयम् र उहाँका सहयोगी व्यक्तिले आतङ्कित पार्ने र त्रसित बनाउने गरी धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।

mulpatra

प्रकाशित समाचारको विषयलाई लिएर पत्रकार शाक्यलाई बारम्बार धम्की दिएको घटनाको आफूले निन्दा र भर्त्सना गर्ने महासंघले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

समाचारको विषयलाई लिएर नेप्लिज टाइम्स डटकमका सम्पादक शाक्यलाई बस्नेत समूहबाट बारम्बार धम्की आएको घटनाको महासंघले निन्दा र भर्त्सना गर्ने जनाएको छ ।

mulpatra mulpatra mulpatra

पत्रकारलाई धम्की दिने बस्नेत लगायका लागि कारवाही गर्न माग गर्दै विज्ञप्तीमा भनिएको छ ‘प्रकाशित समाचारप्रति असहमति भए विधिसम्मत आफ्ना कुरा राख्न र पत्रकारलाई धम्की दिएर प्रेस स्वतन्त्रता हनन नगर्न महासंघ सम्बद्ध व्यक्तिहरूलाई सचेत गराउंदछ । साथै, पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरूलाई कानुनी कारबाही गर्न सम्बद्ध निकायसँग माग गर्दछ ।’