Close

Recent Posts

ओलीले चाहेर पनि संविधान दिवसका दिन निस्कन सकेनन्, प्रहरी प्रमुखले नै रोके पार्टी कार्यालय जान

ओलीले चाहेर पनि संविधान दिवसका दिन निस्कन सकेनन्, प्रहरी प्रमुखले नै रोके पार्टी कार्यालय जान
  • ४ आश्विन २०८२, शनिबार २०:५४

काठमाडौं – संविधान दिवसको अवसरमा एमालेले असोज ३ गते पार्टी कार्यालयमा भव्य कार्यक्रम गर्ने तयारी गरेको थियो । सो अवसरमा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक गरिने एमाले नेतृत्वको योजना थियो । तर अन्तिम समयमा नेपाल प्रहरी प्रमुखको चेतावनीकै कारण ओली सार्वजनिक हुने कार्यक्रम रोकिएको खुलेको छ ।

mulpatra

जेनजीको आन्दोलन चर्किदै जाँदा प्रधानमन्त्री ओलीलाई सेनाले उद्दार गरी शिवपुरी ब्यारेकमा राखिएको थियो । उनी केही समयसम्म सेनाको कडा सुरक्षामा रहे पनि असोज २ गते ब्यारेकबाट निस्केर भक्तपुरको गुण्डुस्थित भाडाको घरमा पुगेका थिए । संविधान दिवसकै अवसरमा सार्वजनिक हुने सोचका साथ उनले ब्यारेक छाडेको निकट श्रोतले जनाएका थिए ।

एमाले नेता महेश बस्नेतले संविधान दिवसकै दिन दशौँ हजार कार्यकर्ताबीच ओलीलाई सार्वजनिक गर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनले संविधान दिवसमा ओली निस्कने निश्चित भएको बताएपछि धेरैमा कौतुहलता उत्पन्न भएको थियो । तर न महेश बस्नेतले भने झै न दशौ हजार कार्यकर्ता आए न ओली नै । ओली नआएपछि कार्यक्रमको अध्यक्षता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी थिइन् । बाक्लो प्रहरीको उपस्थितिमा गरिएको संविधान दिवसको कार्यक्रममा ओली नआउनु मा प्रहरी प्रमुखले देखाएको सुरक्षा चुनाती प्रमुख रहेको पाइएको छ । प्रहरी प्रमुखले संविधान दिवसमा ओली सार्वजनिक हुन गएमा सुरक्षा जोखिम उच्च हुने भन्दै रोक लगाएका थिए ।

mulpatra mulpatra mulpatra

यही कारण अन्तिम क्षणमा ओलीले आफ्नो सार्वजनिक उपस्थिति रोक्नुपरेको हो । स्रोतका अनुसार, ओली स्वयं संविधान दिवसमा बाहिर निस्कने तयारीमा भए पनि प्रहरी प्रमुखले सुरक्षा चुनौती झन् बढ्ने ठहर गरेपछि उनी डराइरहेका थिए ।

यस्तै, बस्नेतले जेनजी युवाहरुलाई आतंककारी संज्ञा दिएपछि आम कार्यकर्ता र सर्वसाधारणमा उनको आलोचना बढेको थियो । सामाजिक सञ्जालमा बढ्दो आक्रोशले बस्नेत मात्र होइन, अध्यक्ष ओलीको छविमाथि पनि असर पारेको देखिन्छ । यसले पनि सुरक्षाको थप संवेदनशीलता सिर्जना गरेको प्रहरीको मूल्याङ्कन छ ।

हाल ओली एमाले कार्यकर्ताको सुरक्षा घेरामा रहेका छन् । यता ओलीको प्रिय पात्रका रुपमा रहेका बस्नेतले पत्रकारलाई समेत धम्की दिएको अभिव्यक्ति सार्वजनिक भएपछि ओली–बस्नेत दुवैप्रति जनआक्रोश बढ्दो क्रममा छ । यसले ओलीको सार्वजनिक उपस्थिति अझै चुनौतीपूर्ण बन्ने देखिएको छ ।

Image Source: © https://mulpatra.com