अजरवैजानको श्रम स्वीकृति रोक्यो, श्रम स्वीकृति अजरवैजानको पुर्याइन्छ कुवेत

काठमाडौं– पछिल्लो समय नेपाली महिला श्रमिक घरेलु कामका लागि कुवेत तस्करी हुने क्रम बढ्दो छ । अन्य देशको श्रम स्वीकृति निकालेर घरेलु महिला श्रमिक कुवेतका विभिन्न शहरमा घरेलु कामका लागि पु¥याउने गरिएको छ । तस्करले नेपालबाट व्यक्तिगत श्रम स्वीकृति निकालेर खाडीका देशमा घरेलु काममा नेपाली महिला लैजाने गरेको नयाँ तथ्य खुलेको छ ।
वैदेशिक रोजगार विभागले तस्करी बढेसँगै अजरबैजानका लागि भिसा स्थगित गरेको छ । अजरबैजानको भिसामा रोजगारदाताको नक्कली इमेल पठाएर, स्वघोषणा फाराम पनि आफैले नक्कली भरेको र सेटिङमा श्रम स्वीकृति जारी गरेको गत महिना साझा सवालले एउटा रिपोर्ट तयार परेको थियो ।
उक्त रिपोर्टमा अजरबैजानको श्रम स्वीकृति लिएर नेपाली महिला कुवेतको घरेलु रोजगारीमा लैजाने गरेको खुलेको थियो । श्रम गर्दा भरिएकोको सबै महिलाको स्वघोषणामा ११÷१२ डिजिटका कृते फोन नम्बर उल्लेख छन् भने सबैको स्वघोषणामा एकै जनाको औंठाछाप प्रयोग भएको छ । साथै अन्य कागजात समेत संकास्पद छन् । प्रारम्भिक १० जनाको कागजातको आधारमा सेटिङकर्ताले बुटवल र सुर्खेतको श्रम कार्यालयसँग सेटिङ मिलाइएको पाइएको छ । यो साझा सवालको अनुसन्धानत्मक अध्ययनमा उल्लेख छ ।
तस्करहरूले अजरबैजानको श्रम स्वीकृतिका लागि नक्कली कागजात तयार गर्दै आएको केहि तथ्य फेला परेको छ । अजरबैजानका लागि जारी गरिएको भिसा परिवर्तन गरेर कुवेत लैजाने गरेका छन् ।
सरकारले २०७२ सालदेखि मलेसिया र खाडीका देशहरूमा वैदेशिक रोजगारीका लागि नेपाली महिलालाई पठाउन प्रतिबन्ध लगाएको थियो । अफ्रिकी देश अजरबैजानको व्यक्तिगत भिसा निकालेर कुवेतमा घरेलु कामका लागि नेपाली महिला तस्करी भइरहेको नयाँ रहस्य खुलेको हो । अन्य देशको रोजगारीमा पठाउने भनेर व्यक्तिगत भिसामा नेपाली महिलालाई कुवेतमा घरेलु कामका लागि तस्करले पु¥याइरहेका छन् ।
केही वर्षअघि भारत, श्रीलंका र बंगलादेश हुँदै कुवेत, खाडीका देश, मलेसिया र अफ्रिकाका देशमा नेपाली महिलाको तस्करी गरिथ्यो । भारत, श्रीलंका र बंगलादेशमा कडाइ हुन थालेपछि तस्करले नयाँ रुटमार्फत महिला तस्करी गर्न थालेका छन् । रोजगारीका नाममा विगत केही वर्षयता नेपाली महिला तस्करीमा परिरहेका छन् । यो विषयमा सरकार भने मौन रहेको छ ।
कुवेतमा रहेका नेपाली हाउसमेड तस्करहरुले एक महिला लगे बापत ७ सय केडी (नेपाली करिव ३ लाख २५ हजार) पाउने गर्छन् । त्यसै गिरोहले नेपालबाट एअरपोर्ट सेटिङमा बिगतमा ४ सय केडीसम्म खर्च गर्ने गरेको स्रोत बताउँछ । हाल वैदेशिक रोजगारको श्रमको सेटिङ मिलाउन पनि तस्कर गिरोहले ठूलो रकम खर्चिएको र श्रम दिने कर्मचारीसमेतको मिलिमतोको आशंका छ ।
वैदेशिक रोजगार विभागको पछिल्लो तीन महिनाको तथ्यांक अनुसार, गत असार महिनामा ४ जना महिलाले मात्र अजरबैजानको श्रम स्वीकृति लिएका थिए। तर साउन महिनामा त्यो संख्या अस्वभाविक बढेर १३३ जना पुगेको पाइएको छ भने चालु भदौको १६ गतेसम्म १६९ जना महिलाको अजरबैजानको श्रम स्वीकृति लिईसकेको पाइएको छ । यसका आधारमा अनुसन्धान हुने हो भने दुई महिनाकै अवधिमा दुई सय भन्दा बढी महिलाको श्रम गरि कुवेत तस्करी गरेको आशंका छ । जसको अनुसन्धान वैदेशिक रोजगार बिभागले गर्ने भएको छ ।