मोटरसाइकल जोगाउन खोज्दा माछापोखरीमा बस दुर्घटना, २० भन्दा बढी घाइते
काठमाडौं– काठमाडौं तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।

प्रहरीका अनुसार बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटना भएको हो । माछापोखरी बाइपासको उकालो चोकमा मोटरसाइकललाई जोगाउन खोज्दा बस पल्टिएको स्थानीय प्रत्यक्षदर्शी बताउँछन् । स्था नीयका अनुसार मोटरसाइकललाई जोगाउन खोज्दा बस अनियन्त्रित भएर पल्टिएको हो ।
