Close

Recent Posts

मोहना, जगदीश, पुन, सिन्हा र संगीता मन्त्री बन्ने हल्ला

मोहना, जगदीश, पुन, सिन्हा र संगीता मन्त्री बन्ने हल्ला
  • ५ आश्विन २०८२, आईतवार १७:३०

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री नियुक्त गर्न थप ३ जनाको नाम राष्ट्रपति कार्यालय पुगेको छ ।

mulpatra

महावीर पुन, मोहना अन्सारी र जगदीश खरेलको मन्त्री भएका छन् । पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी लिने र खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिने टुंगो लागेको बताइए पनि अन्सारीले लिने मन्त्रालयको नाम भने खुलिसकेको छैन ।

यस्तै, सचिवमा बढुवा नगरिएपछि बिदामा बसिरहेकी स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा संगीता कौशल मिश्र सोही मन्त्रालयमा मन्त्री भएर आउने भएकी छन् । कानुन तथा उद्योगमन्त्रीमा अनिल सिन्हा नियुक्त हुने भएका छन् ।

मश्र यौन तथा प्रजनन स्वास्थ्य विशेषज्ञ र प्रसूति तथा स्त्री रोग विशेषज्ञका रूपमा चिनिन्छिन्। उनले स्वास्थ्य सेवा विभाग र थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व पनि गरिसकेकी छन् ।

कार्की नेतृत्वको वर्तमान मन्त्रिपरिषदमा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश आर्याल मन्त्री छन् । खनालले अर्थ, घिसिङले ऊर्जा, भौतिक पूूर्वाधार र सहरी विकास तथा अर्यालले गृह र कानुन मन्त्रालको जिम्मेवारी सम्हालेका छन् । खनालले अर्थ, घिसिङले ऊर्जा, भौतिक पूूर्वाधार र सहरी विकास तथा अर्यालले गृह र कानुन मन्त्रालको जिम्मेवारी सम्हालेका छन् ।

मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित ११ जनाभन्दा बढी नबनाउने प्रधानमन्त्री कार्कीले बताइसकेकी छिन्।