विद्युत प्राधिकरणमा हितेन्द्रदेव शाक्य हटाएर मनोज सिलवाल नियुक्त

विद्युत प्राधिकरणमा हितेन्द्रदेव शाक्य हटाएर मनोज सिलवाल नियुक्त
  • ५ आश्विन २०८२, आईतवार २१:००

काठमाडौं । ओली सरकार पदच्युत भएपछिको अन्तरिम सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाएको छ ।

mulpatra


आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको अर्थमन्त्री रामेश्वर खनालले बताएका छन् ।

प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको पदमा नियुक्त गर्ने निर्णय गरिएको छ ।
यसअघि केपी ओली नेतृत्वको सरकारले हाल नियुक्त भएको अन्तरिम सरकारका उर्जा मन्त्री कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्ति दिइएको थियो।

mulpatra mulpatra mulpatra

कुलमान घिसिङलाई हटाउँदा चौतर्फी दवाब झेलेका ओलीले कार्यकाल बाँकी रहँदै घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेका थिए ।