Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

पाँच जना नयाँ मन्त्रीको टुंगो

पाँच जना नयाँ मन्त्रीको टुंगो
  • ५ आश्विन २०८२, आईतवार २१:१६

काठमाडौ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिपरिषद विस्तारका लागि थप पाँच जना मन्त्रीको नाम सिफारिस गरेकी छिन् । सोमबार सपथ हुने गरि पाँच जना मन्त्रीको नाम सिफारीस गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

mulpatra

सिफारिस भएका मन्त्रीहरुमा शिषा विज्ञान तथा प्रविधि मन्त्रालयमा महाविर पुन रहेका छन् । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष रहेको पुन जेनजी पुस्ताको छनौटमा पहिलो नम्बरमा परेका थिए । त्यसैगरि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव रहेकी डा. संगीता कौशल मिश्र लाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । उनले मन्त्री बन्ने पक्का भएपछि स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवबाट राजीनामा समेत दिएकी छन्।

सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा इमेज मिडिया ग्रुपका समाचार प्रमुख जगदीश खरेललाई नियुक्तिका लागि सिफारिस गरिएको छ भने कृषिमन्त्रीमा मदन परियारको नाम सिफारिस गरिएको छ । त्यसैगरि उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा सिफारिस भएका छन्।

mulpatra mulpatra mulpatra