पाँच जना नयाँ मन्त्रीको टुंगो
काठमाडौ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिपरिषद विस्तारका लागि थप पाँच जना मन्त्रीको नाम सिफारिस गरेकी छिन् । सोमबार सपथ हुने गरि पाँच जना मन्त्रीको नाम सिफारीस गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सिफारिस भएका मन्त्रीहरुमा शिषा विज्ञान तथा प्रविधि मन्त्रालयमा महाविर पुन रहेका छन् । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष रहेको पुन जेनजी पुस्ताको छनौटमा पहिलो नम्बरमा परेका थिए । त्यसैगरि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव रहेकी डा. संगीता कौशल मिश्र लाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । उनले मन्त्री बन्ने पक्का भएपछि स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवबाट राजीनामा समेत दिएकी छन्।
सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा इमेज मिडिया ग्रुपका समाचार प्रमुख जगदीश खरेललाई नियुक्तिका लागि सिफारिस गरिएको छ भने कृषिमन्त्रीमा मदन परियारको नाम सिफारिस गरिएको छ । त्यसैगरि उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा सिफारिस भएका छन्।
