Close

Recent Posts

पश्चिमा शक्तिले सरकारमा विकास र परिवर्तनविरोधी मान्छे ल्यायो, नेपाललाई ‘रणमैदान’ बनाउने खेल सुरु

पश्चिमा शक्तिले सरकारमा विकास र परिवर्तनविरोधी मान्छे ल्यायो, नेपाललाई ‘रणमैदान’ बनाउने खेल सुरु
  • ६ आश्विन २०८२, सोमबार ११:२६

काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले देशमा हालै भएको हिंसात्मक घटना र त्यसपछाडिको कारण खुलाएका छन् ।

mulpatra

आफ्नो अभियानलाई ‘राजावादी’ भनिएकोमा आपत्ति जनाउँदै आफूहरू ‘राजावादी नभई राष्ट्रवादी’ भएको स्पष्टीकरण पार्दै प्रसाईंले विगत १३ वर्षदेखि नेपालमा पश्चिमाहरूको प्रभाव र षड्यन्त्र चलिरहेको आरोप लगाएका छन्। उनले यो षड्यन्त्रको अन्तिम उद्देश्य नेपाललाई भूराजनीतिक खेलमा प्रवेश गराई ‘युक्रेन’ बनाउनु रहेको आरोप समेत लगाएका छन् ।

नेपाल भन्ने खेलमैदानमा नियमभन्दा धाक,न्यायभन्दा पहुँच, विचारभन्दा अवसरवादी स्वार्थ बलियो हुँदै गएको छ। यस मैदानमा प्रवेश गरेका र नाम चलेका पत्याउनै नसक्ने पात्रहरू—कनकमणि दिक्षित , कल्याण श्रेष्ट्ट देखि बालेन शाह अनिल कुमार सिन्हा हुदै ,कुलमान घिसिङ,ओम अर्याल,नारायण वाग्ले,खगेन्द्र संग्रौला,अमित ढकाल,युग पाठक, स्वर्णिम वाग्ले,गगन कुमार थापा ,सुमना श्रेष्ठ,तोसिमा कार्की,प्रितम सुवेदी,डा. जीवन क्षेत्री,डा. गोविन्द केसी,डा. भगवान कोइराला डा. सन्दुक रोहित,केदारभक्त माथेमा, डा. महेशमान मास्के, गिरिराजमणी पोख्ररेल लगायत यो देशका एक हजार भन्दा बढि पढे लेखेका शिक्षित व्यक्तिहरु भनेर नेपाली जनताले आशाको दीप ठाने, तर त्यही व्यक्तिहरु आज राष्ट्रघाती र गद्दार पात्रका रुपमा रातारात परिचत बन्न पुगे ।

पत्रकारिता गर्नेले कलमलाई सत्ता र व्यवसाय सँग मिलाएर बजारमा बेचिदिए । न्याय दिने भनिएका पात्रहरूले न्यायको किताबलाई सजावटी शोकेसमा सजाएर राखिदिए । विचारका नाममा पुस्तक भरेर देशलाई खोक्रो बनाउनेहरू पनि यिनै कित्तामा उभिएको उनको आरोप छ ।

उनले गत भदौ २३ र २४ गतेको दुखद घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। प्रसाईंले आफू र आफ्नो अभियानका सदस्यहरू उक्त आन्दोलनमा संलग्न नभएको पनि स्पष्ट पारेका छन्। मेयर बालेन शाहले आउनु पर्दैन भनेकाले आफूहरू नहिँडेको उनको भनाई छ। उनले आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र सरकारी भवन तथा सम्पत्तिमाथिको आक्रमणलाई दुखद भन्दै घटनाको जिम्मा जसले गराएको हो, त्यसले नै लिनुपर्ने बताएका छन्।

उनले यो षड्यन्त्रलाई विगतका केही प्रमुख घटनाक्रमसँग जोडेर व्याख्या गरेका छन् जसमा राजा वीरेन्द्रसहित राजपरिवारको रहस्यमय हत्याकाण्डदेखि विवेकशील साझा पार्टी हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीसम्मको उदयलाई औँल्याएका छन् । प्रसाईंले यी सबै घटनाक्रम नेपालबाट वैदिक सनातन धर्म र राजसंस्थाको स्थायी अन्त्य गर्न, युवा पुस्तालाई विदेश पलायन गराउन र अन्ततः नेपाललाई पश्चिमाहरूको नियन्त्रणमा लैजानका लागि भएको बताएका छन्।

उनले नेपाललाई दक्षिणमा भारत र उत्तरमा चीनको बीचमा ‘रणमैदान’ बनाउन पश्चिमाहरूले सेना ल्याउने तयारी गरिरहेको समेत दाबी गरेका छन्।

उनले यो खतरनाक षड्यन्त्रबाट देश, धर्म र नागरिकको रक्षा गर्न सबै राष्ट्रवादीहरूलाई वैदिक सनातन धर्मसहितको हिन्दु अधिराज्य नेपालको संरक्षणका लागि एकजुट हुन आह्वान गरेका छन्। साथै, उनले राष्ट्रको रक्षाका लागि राजाले पनि दरिलो भएर खुट्टा टेक्नुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रसाईको स्टाटस