Close

Recent Posts

तीनकुने आन्दोलनमा प्रसाईलाई दोषी बनाउने ओलीले जेनजी प्रर्दशनका क्रममा हत्या र तोडफोडको जिम्मा लिनुपर्छ पर्छ कि पदैन ?

तीनकुने आन्दोलनमा प्रसाईलाई दोषी बनाउने ओलीले जेनजी प्रर्दशनका क्रममा हत्या र तोडफोडको जिम्मा लिनुपर्छ पर्छ कि पदैन ?
  • ६ आश्विन २०८२, सोमबार १७:३०

काठमाडौं– पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत १५ चैतमा तीनकुने क्षेत्रमा भएको हिंसात्मक घटनाको आयोजक को हो ? भन्दै राजावादीहरूसँग प्रश्न गरेका छन् । संविधानको धारा २७० ले दिएको फरक विचार राख्न पाउने अधिकारलाई सरकारलाई कुल्चिएको भन्दै संविधान ठूलो कि प्रधानमन्त्री भन्दै त्यति बेला संसद्मा आवाज उठेको थियो । तर यसको जवाफ तत्कालिन प्रधानमन्त्री ओलीले दिएनन् ।

mulpatra

१५ चैतमा राजावादीहरूले राजतन्त्र पुनस्र्थापनालगायतका माग राखेर तीनकुने क्षेत्रमा प्रदर्शन आयोजना गरेका थिए । प्रदर्शन हिंसात्मक हुँदा दुईजनाको ज्यान गएको थियो भने प्रदर्शनकारीले जुटबुटी उद्योग, निजी घरहरू, निजी तथा सरकारी सवारीसाधन र पार्टी कार्यालय जलाएका थिए । यसैलाई आधार बनाएर आन्दोलनका कमाण्डर तोकिएको दुर्गा प्रसाईलाई ओलीको निर्देशनमा थुनामा राखियो । यो सबैको आरोप प्रसाईमा माथि लगाइयो । यसको सत्यतथ्य छानबिनका लागि राप्रपा र प्रसाईले माग गरेपनि ओली अस्वीकार गरे ।

काठमाडौंको तीनकुने–कोटेश्वर क्षेत्रमा राजावादी समूहको प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोडलगायतका हिंसात्मक गतिविधिको छानबिन गर्न न्यायिक समिति गठन गर्न चौतर्फी माग भइरहेको छ । जति दिन बित्दै गयो, त्यति नै प्रहरीको भूमिकाबारे प्रश्नहरू थपिन थालेका छन् । तर यसको जवाफ प्रहरीले दिएन ।

प्रहरीमाथि अहिले राजावादी समूहले स्टेजमा कार्यक्रम गरिरहेका बेला अश्रुग्याँस हानेर परिस्थिति बिथोल्न खोजेको आरोप समेत लागिरहेको छ । राष्ट्रगान बजिरहेका बेला प्रहरीले अश्रुग्याँस हानेपछि परिस्थिति थप अराजक बनेको प्रसाईले आफनो बयानमा समेत बताएका छन् ।

भीडमा आपराधिक मानसिकताका व्यक्तिहरू समेत भएपनि प्रहरीले अश्रुग्याँस हानेपछि थप अराजकता बढेको उनको दाबी छ । तत्कालिन केन्द्रीय प्रहरी प्रवक्ता दिनेशराज आचार्य भने त्यो डिप फेक भिडियो भएको दाबी गर्छन् । यो सबै झुटो भएको आन्दोलजकारीको दाबी छ ।


आन्दोलनमा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपालसँगै अन्य समूह र अभियान गरी ४५ भन्दा बढी घटक एकत्रित भए । राजावादी आन्दोलनमा देखिएको यो पहिलोपटकको एकता रूप थियो । तर अहिले उक्त समुह कहाँ छ थाहा छैन ।
जिल्ला प्रशासन कार्यालसँग अनुमति लिएर प्रसाईं नेतृत्वको समूहले तीनकुने चौरमा मञ्च बनाएकोे थियो । सभाको प्रमुख अतिथिको रूपमा नवराज सुवेदी पुगेको केही मिनेटमै सुरक्षाकर्मीले मञ्चमा अश्रुग्याँस प्रहार गरे । त्यसपछि परिस्थिति नियन्त्रबाहिर गएको जानकारहरू बताउँछन् ।


राष्ट्रगान बजेका बेला अश्रुग्याँस हानिएको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक छन् । सचित राईडस नामको युट्युब च्यानलमा तीनकुनेमा भएको प्रर्दशनको करिब १ घण्टा १३ मिनेटको भिडियो छ । भिडियोको ३६ मिनेट ०१ सेकण्डमा पृष्ठभूमिमा राष्ट्रगान बज्न सुरु हुन्छ । भिडियोमा ‘त्यहाँ हान्यो (अश्रुग्याँस) हान्यो’ भनेको सुनिन्छ ।
भिडियोको ३६ मिनेट २६ सेकेण्डमै राष्ट्रगान बज्न रोकिन्छ । त्यसपछि ३६ मिनेट ३१ सेकेण्डमा स्टेजमा अश्रुग्याँसको धुवाँ देखिन्छ । ८६ वर्षीय नवराज सुवेदी त्यहाँ पुगे राष्ट्रगान बजाएर कार्यक्रमको औपचारिक सुरुवात हुने तयारी हुँदै थियो । त्यही बेला एक्कासि तीनकुने चौरमा अश्रुग्याँस खसेको थियो । यही भिडियोका आधारमा छानबिन हुनुपर्ने माग छ ।


मञ्चमा अश्रुग्याँस प्रहार गरेपछि अवस्था बिग्रिएको पूर्वसचिव केदार न्यौपाने बताउँछन् । गृह प्रशासनको लामो अनुभव भएका उनले भने, ‘मञ्चमा अश्रुग्याँस प्रहार गरेपछि प्रदर्शनकारी आक्रोशित भए, त्यहाँ खटिएका सुरक्षा कमाण्डरको ढङ्ग पुगेन ।’


घटनामा सुरक्षा संयन्त्रको कमजोरी रहेको भन्दै आलोचना भइरहेका बेला सत्तागठबन्धन दलका नेताहरूले समेत छानबिनका लागि न्यायीक समितिको माग गरेका छन् । यस विषयमा ओलीले वेवास्ता गरे । अहिले उनको यही विषयलाई जोडेर प्रश्न गर्न थालेका छन् ।

भिडियो रिपोर्टः