नवनियुक्त चार मन्त्रीले लिए शपथ

नवनियुक्त चार मन्त्रीले लिए शपथ
  • ६ आश्विन २०८२, सोमबार १५:२३

काठमाडौं– नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोतिज कार्यक्रममा उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन्।

mulpatra

शपथ खानेहरूमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, वैज्ञानिक महावीर पुन, राज्य पुनर्संरचना आयोगका पूर्वसंयोजक मदन परियार र पत्रकार जगदीश खरेल रहेका छन्।

सिन्हाले उद्योग, वाणिज्य, कानुन र भूमि व्यवस्था , पुनले शिक्षामन्त्रीमा, प्रविधि, परियारले कृषि र खरेलले सञ्चार, प्रविधि तथा सूचना मन्त्रीको रुपमा शपथ लिएका हुन्। यसअघि नै अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन्।

mulpatra mulpatra mulpatra