Close

Recent Posts

घरसँगै जलेकी झलनाथ पत्नी रविलक्ष्मीलाई थप उपचारका लागि भारत लगियो

घरसँगै जलेकी झलनाथ पत्नी रविलक्ष्मीलाई थप उपचारका लागि भारत लगियो
  • ७ आश्विन २०८२, मंगलवार १०:३१

काठमाडौं– जेनजी आन्दोलनमा घरसँगै जल्दा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारलाई थप उपचारको लागि भारतको नयाँ दिल्ली लगिएको छ । पत्नीको उपचारको लागि नेता खनाल आफैँ भारत गएका छन्। चित्रकारको अपोलो अस्पतालमा थप उपचार हुनेछ।

mulpatra

स्वास्थ्यमा पूर्ण सुधार नभएपछि चित्रकारलाई थप उपचारको लागि सोमबार राति नौबजे भारत लगिएको एकीकृत समाजवादीकी नेतृ आरती लामाले जानकारी दिइन्।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा चित्रकारको देब्रेहात काटिएको थियो। भदौ २४ गते जेनजी आन्दोलनकारीले घरमा आगो लगाउँदा उनी घरसँगै जलेर गम्भीर घाइते भएकी थिइन्।

mulpatra mulpatra mulpatra

बर्न अस्पतालको आईसीयूमा लामो सयम राखेर उपचार गरेपछि उनको स्वास्थ्यमा केही सुधार भएको थियो। तर, उपचारकै क्रममा फेरि निमोनियाको संक्रमण फैलिन थालेको थियो। ७० वर्षकी चित्रकारको शरीरको १७ प्रतिशत भाग जलेको चिकित्सकले बताएका छन्।