Close

Recent Posts

नेता–कार्यकर्तासँगै फोटो खिच्दै सार्वजनिक भए ओली, अगाडी–पछाडी बस्नेत

नेता–कार्यकर्तासँगै फोटो खिच्दै सार्वजनिक भए ओली, अगाडी–पछाडी बस्नेत
  • ७ आश्विन २०८२, मंगलवार १२:२९

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक भएका छन् । ओली सार्वजनिक भएपछि उनको नयाँ निवासमा नेता–कार्यकर्ता भेटघाटका लागि पुगेका छन् ।

mulpatra

भदौको २३ र २४ गते भएको जेनजी विद्रोहपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली सार्जनिक भएका थिएनन् । उनको वरीपरी प्राय महेश बस्नेत मात्र घुमिरहेको देखिन्छ । ओली सामान्य तरिकाले सार्वजनिक भएका छन् ।

भक्तपुरको गुन्डुस्थित निवासमा नेता(कार्यकर्तासहित ओली सार्वजनिक भएका हुन् । भेटघाटमा पुगेकाहरूले केपी ओलीसँग फोटो खिचाएर फर्किएका छन् । सार्वजनिक भए पनि ओलीले त्यसक्रममा कुनै प्रतिक्रिया दिएनन् ।

२३ गते सुरु भएको विद्रोहमा गोली चलेपछि २४ गते आन्दोलनले ठूलो रुप लिएको थियो । प्रदर्शनकारी तोडफोड र आगजनीमा उत्रिएपछि ठूलो मानवीय र भौतिक तथा आर्थिक क्षति भएको थियो । त्यसपछि मात्रै उनले राजीनामा दिएका थिए ।

ओली नेतृत्वको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । प्रतिनिधि सभा विघटन भइसकेको छ । नयाँ सरकारले २१ फागुनमा चुनावको मिति तोकेको छ