Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

दुईतर्फी खुल्यो नागढुंगा–मुग्लिन सडक

दुईतर्फी खुल्यो नागढुंगा–मुग्लिन सडक
  • ७ आश्विन २०८२, मंगलवार १६:५२

काठमाडौं– धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङखोला (बाँदरे मोड) मा खसेको पहिरो पन्छाएपछि नागढुंगा–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । अहिले पहिरो पूर्ण रूपमा पन्छाइएपछि सडक पुनः सञ्चालनमा आएको हो । योसँगै सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

mulpatra

गए राति र आज बिहान खसेको उक्त पहिरोका कारण सडक अवरुद्ध हुँदा सवारीसाधनको लामो जाम भएको थियो । दसैँ मनाउन घर हिँडेका यात्रुहरू घण्टौँसम्म अलपत्र परेका थिए ।