Close

Recent Posts

दुईतर्फी खुल्यो नागढुंगा–मुग्लिन सडक

दुईतर्फी खुल्यो नागढुंगा–मुग्लिन सडक
  • ७ आश्विन २०८२, मंगलवार १६:५२

काठमाडौं– धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङखोला (बाँदरे मोड) मा खसेको पहिरो पन्छाएपछि नागढुंगा–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । अहिले पहिरो पूर्ण रूपमा पन्छाइएपछि सडक पुनः सञ्चालनमा आएको हो । योसँगै सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

mulpatra

गए राति र आज बिहान खसेको उक्त पहिरोका कारण सडक अवरुद्ध हुँदा सवारीसाधनको लामो जाम भएको थियो । दसैँ मनाउन घर हिँडेका यात्रुहरू घण्टौँसम्म अलपत्र परेका थिए ।