Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
  • ८ आश्विन २०८२, बुधबार ०५:३०

काठमाडौं । आज नवरात्रको तेस्रो दिन देशभरका दसैँ घर र शक्तिपीठहरूमा नवदुर्गामध्येकी तेस्रो रूप चन्द्रघण्टा देवीको विशेष पूजाआराधना गरि मनाइन्छ ।

mulpatra

धर्मशास्त्रअनुसार देवी चन्द्रघण्टाको मस्तकमा अर्धचन्द्रसहित घण्ट रहेको भएकाले उहाँलाई ‘चन्द्रघण्टा’ भन्ने नामकरण गरिएको हो । मार्कण्डेय पुराणमा समेत “चन्द्रः घण्टायां यस्याः सा” भनेर उल्लेख गरिएको पाइन्छ ।

धर्मशास्त्रका अनुसार चन्द्रघण्टा देवी शान्त, करुणामयी र पहेँलो वर्णकी रूपमा वर्णन गरिएको छ । अत्याचारी र दानवीय शक्तिको नाश गर्ने देवीका रूपमा चन्द्रघण्टाको पूजा गरिन्छ । विशेषगरी सङ्गीत र कला क्षेत्रमा लागेकाले उहाँको आराधना गर्ने चलन छ ।

mulpatra mulpatra mulpatra

चन्द्रघण्टाको कृपा प्राप्त भए समग्र पाप नाश हुने तथा साधकलाई ललाटमा तेज, जीवनमा शक्ति र ऐश्वर्य प्रदान हुने विश्वास छ । यस दिन पूजामा मणिपुर चक्रलाई ध्यान गर्ने परम्परा पनि रहेको बताइन्छ ।

नवरात्रको पहिलो दिन घटस्थापनापछि क्रमशः पहिलो देवी शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टाको पूजाआराधना गर्ने विधि छ ।

नवरात्रको साधना र पूजाआराधनाबाट शक्ति, विद्या र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ । यही परम्परा अनुरूप आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नौ दिनसम्म नवदुर्गाको विशेष आराधना गरिन्छ । विजयादशमी र कोजाग्रत पूर्णिमासम्म जमरा र प्रसाद ग्रहण गरी बडादशैं पर्व मनाइन्छ ।

Image Source: © https://mulpatra.com