Close

Recent Posts

बस स्टेशनमा दशैं मनाउन फर्किने यात्रुहरूको भीड

बस स्टेशनमा दशैं मनाउन फर्किने यात्रुहरूको भीड
  • ८ आश्विन २०८२, बुधबार १७:३०

काठमाडौं–नेपालीहरूको महान चाड विजयादशमी नजिकिँदै गर्दा राजधानी काठमाडौंबाट घर फर्किन चाहने यात्रुहरू चाप दैनिक बढ्दो छ । विशेषगरी नयाँ बसपार्क र अन्य बस स्टेशनमा यात्रुहरूको भीड देखिएको छ । काम र पढाइको सिलसिलामा राजधानी रहेका व्यक्तिहरू अब आफ्ना घर फर्किन थालेका छन् ।

mulpatra

दशैँमा घर जान चाहनेहरूको संख्या बढ्दा राजधानीका मुख्य नाकाहरुमा सवारी साधनको चाप पनि दिनानुदिन बढिरहेको छ । थानकोट, जडिबुटी, बल्खु र ककनीजस्ता प्रमुख नाकामा सवारीको चाप अत्यधिक बढेको छ ।

असोज १ गतेदेखि नै हजारौँ मानिसले राजधानी छोडेर गाउँघर फर्किन थालेका छन् । यस्तो क्रम फूलपातीको दिनसम्म जारी रहने छ । दशैँको टीका असोज १६ गते पर्ने भएकाले फूलपातीको दिनसम्म यात्रुहरूको भीड थप बढ्ने निश्चित छ ।

यो वर्ष दशैँका लागि अग्रिम टिकट बुकिङको सुविधा उपलब्ध नभएकोले कतिपय यात्रुहरूले सास्ती भोग्नुपर्ने स्थिति आएको छ । यसले यातायात व्यवसायी र यात्रुहरू बीच केही असुविधा निम्त्याएको छ ।