Close

Recent Posts

सत्तापलट पछि केन्द्रिय कमिटि बैठक राख्ने पहिलो पार्टी बन्दै नेकपा माओवादी

सत्तापलट पछि केन्द्रिय कमिटि बैठक राख्ने पहिलो पार्टी बन्दै नेकपा माओवादी
  • ९ आश्विन २०८२, बिहीबार ०८:०३

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज केन्द्रीय कमिटी बैठक आव्हान गरेको छ । जेनजी आन्दोलनले सत्ता पलट गरेपछि केन्द्रिय कमिटि बैठक राख्ने पहिलो पार्टी बनेको छ नेकपा माओवादी ।

mulpatra

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेदेखि बैठक सुरू हुने सचिव राम कार्कीले जानकारी दिएका छन्।

बैठकमा स्थायी कमिटी बैठकले तय गरेको प्रस्तावनाहरु माथि छलफल हुनेछ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थिती र पार्टीको आगामी रणनीतिबारे प्रस्ताव राख्ने छन् ।

प्रस्तावहरूबारे समूहगत छलफल भएर आएको विषय हलमा प्रस्तुत हुने र त्यसमा अध्यक्षले जवाफ दिएपछि बैठक समापन हुने छ ।
माओवादी केन्द्रले मंसिरमा विशेष महाधिवेशन गर्ने तयारी गरेकोले त्यसको विषयमा समेछ छलफल हुने जनाइएको छ ।

जेनजी आन्दोलनले एमाले कांग्रेस सत्ता गठबन्धनको ओली नेतृत्वको सरकार पदच्युत गरेको थियो । भ्रष्टाचारको प्रमुख मुद्धा बनाएर सुरु गरिएको जेनजी आन्दोलन पछि प्रमुख राजनीतिक दलहरुमा नेतृत्व परिवर्तनको बहस चर्को रुपमा उठिरहेको भएपनि कांग्रेस एमालेका केही नेताहरु तत्काल नेतृत्व परिवर्तन हुँदेन भन्दै बोलिरहेका छन् भने बैठक समेत राख्न सकेका छैनन् ।

यस्तो परिस्थितिमा नेकपा माओवादीले केन्द्रिय कमिटि बैठक र विशेष महाधिवेशन गर्ने निर्णयले नेतृत्व परिवर्तनबारे धेरैको उत्सुकता थपेको छ ।