Close

Recent Posts

चौतर्फी दबाबपछि तत्कालिन गृहमन्त्री लेखकलाई पहिला, त्यसपछि ओलीलाई पक्रिने तयारीमा गृहमन्त्रालय

गुरुङसहित अन्य पनि....

चौतर्फी दबाबपछि तत्कालिन गृहमन्त्री लेखकलाई पहिला, त्यसपछि ओलीलाई पक्रिने तयारीमा गृहमन्त्रालयगुरुङसहित अन्य पनि....
  • ९ आश्विन २०८२, बिहीबार १२:५०

काठमाडौं– गत महिना भएको जेनजी आन्दोलनमा ७४ जनाले ज्यान गुमाए । त्यसपछि तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ पक्रिएर कारवाही गर्ने चौतर्फी माग समेत भइरहेको छ । सोही अनुसार सरकारले पनि उनीहरुसहित अन्य दर्जनभन्दा बढी व्यक्तिलाई पक्रिने तयारी गरिरहेको छ ।

mulpatra

गत साता नै मानव अधिकार तथा शान्ति समाजले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही गर्न माग गरेको छ ।

४४ औँ अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आइतबार एक विज्ञप्ति जारी गर्दै समाजले सुशासनलाई शान्तिको पूर्वशर्तका रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ । यसका आधारमा गृहमन्त्रालयले ओली र लेखकलाई पत्रिन तयारी गरिरहेको छ । समाजले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिन गरी जिम्मेवार नेताहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेको हो ।

यस्तै,काठमाडौं मेयर बालेन्द्र शाहका लागि बुधबारको बालुवाटार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका थिए । उनले प्रधानमन्त्रीसँगको भेटमा जेनजी आन्दोलनकारीका मागहरू सम्बोधन गर्न ढिलाई नहोस् ।

मेयर शाहले सुशासनको पक्षमा सडकमा उर्लिएको लहरलाई व्यवहारमा देखाउने बेला आएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । त्यसमा कार्कीले उनको र नयाँ पुस्ताको साथ मागेकी छन् ।

दुई– भदौ २३ मा गोली चलाउने र आदेश दिनेमाथि कारबाही माग । बालेनले तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखकसहित चरम हिंसामा संलग्नमाथि कारबाही नहुँदासम्म यो माग उठिरहने भन्दै आवश्यक कदम चाल्न प्रधानमन्त्री कार्कीलाई आग्रह गरेका छन् । उनको मागमा प्रधानमन्त्री कार्की सकारात्मक देखिएकी छिन् । उनले सरकारले संविधान र कानुनसम्मत भएर कदम चाल्ने आश्वासन पनि दिएकी छन् ।

अहिले ओली, लेखक र अन्य जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिने व्यक्तिमाथि कारवाहीका लागि गृह मन्त्रालयमा छलफल भइरहेको छ । पहिला तत्कालिन गृहमन्त्रीलाई लेखकलाई पक्रिनका लागि एक किसिमको तयारी भएको र उनलाई चाँडै पक्रिने गृह मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा लेखक र त्यसपछि ओली पक्रिने गरी तयारी भइरहेको छ । उनीहरुसँगै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङपनि कानुनी दायरामा ल्याएर कारवाही गर्ने गरी छलफल भइरहेको ती कर्मचारीले बताए । ‘अहिले तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पक्रिन दबाब आइरहेको छ । जेनजीको माग पनि यही हो । अब उनीहरुमाथि तत्काल एक्सन लिन पक्षमा गहृमन्त्री ओमप्रकाश अर्याल हुनुहुन्छ । पहिला लेखक र त्यसपछि ओलीलाई पक्रिने कि एकै पटक सबैलाई पक्रिने भने छलफल भइरहेको छ ।’ उनले भने ।

साथै मंगलबार र बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनको छानबिन प्रतिवेदन नआएसम्मका लागि तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन बन्देज लगाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

‘भदौ २३ र २४ गते भएको आन्दोलनमा राज्य पक्षबाट भएको दमन र हिंसाको छानबिन प्रतिवेदन नआएसम्म तत्कालीन सरकारका प्रधानमन्त्री, गृहमन्त्री र सञ्चार मन्त्रीलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन बन्देज लगाउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउने,’ पार्टी निर्णयबारे जानकारी गराउन निकालिएको विज्ञप्तिमा भनिएको छ ।

भ्रष्टाचार, कुशासन र राजनीतिक नेतृत्वको दण्डहीनतालाई मूल कारण ठहर गर्दै सुधारका लागि ठोस कदम चाल्न सरकार र सबै राजनीतिक दललाई आह्वान गरिएको छ । आन्दोलनपश्चात् भएको आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्नेमा माग पनि उठेको छ ।