ज्वाङखोला र तिङराङखानीमा पहिरो, पृथ्वी राजमार्गमा फेरि यातायात अवरुद्ध

ज्वाङखोला र तिङराङखानीमा पहिरो, पृथ्वी राजमार्गमा फेरि यातायात अवरुद्ध
  • ९ आश्विन २०८२, बिहीबार १२:३४

काठमाडौं – धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोला र तिङराङखानीमा पहिरोका कारण पृथ्वीराजमार्गमा यातायात अवरुद्ध भएको छ । हाल सडकमा यातायात सञ्चालनका लागि पहिरो हटाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए ।

mulpatra

सडकमा ठूलो परिमाणमा माटो र ढुङ्गा खस्दा सवारी आवागमन दुवैतर्फ रोकिएको हो। आज बिहान करिब १० बजेबाट पहिरो झर्न सुरु भएको हो । रोकिएका सवारी साधनलाई सम्भावित जोखिम कम हुने सुरक्षित स्थानमा सार्न सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

दसैँ सुरु भएसँगै घर फर्किने यात्रुको चाप बढिरहेको अवस्थामा राजमार्ग बन्द हुँदा हजारौँ सवारी साधन बाटैमा रोकिएका छन् । अवरुद्ध स्थान नजिकै मात्र नभई अन्य ठाउँमा पनि पहिरोको उच्च जोखिम रहेको भन्दै यात्रुलाई सतर्क रहन र आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

mulpatra mulpatra mulpatra

बेनिघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा यसअघि (सोमबार राति) सुक्खा पहिरो खस्दा १७ घण्टा पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो। बुधबार बेलुका झरेको पहिरो आज बिहान पन्छाएर सडक सञ्चालन गराइएको थियो ।