Close

Recent Posts

प्रचण्डले गरे केन्द्रीय समिति विघटनको प्रस्ताव,नेतृत्व छाड्न पनि तयार

प्रचण्डले गरे केन्द्रीय समिति विघटनको प्रस्ताव,नेतृत्व छाड्न पनि तयार
  • ९ आश्विन २०८२, बिहीबार १२:५४

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सधैंभर पार्टी प्रमुखको जिम्मेवारीमा रहन मन नभएको बताएका छन्।

mulpatra

केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै जेनजी आन्दोलनको भावनाअनुसार निश्चित विधि र प्रक्रियाबाट नेतृत्व हस्तान्तरण गर्ने आफूले सार्वजनिक रुपमै बनाइसकेको बताए ।

उनले भने, ‘केही मान्छेहरूले भनेजस्तो मलाई सधैंभर पार्टी प्रमुखको जिम्मेवारीमा रहन मन छैन। नेतृत्व हस्तान्तरणको निम्ति हामी तयार हुनै पर्छ। जेन जी आन्दोलनको भावना लगतै निश्चित विधि र प्रक्रियाबाट नेतृत्व हस्तान्तरण गर्नेबारे मैले सार्वजनिक रूपमा अपिल गरिसकेको छु।’

उनले वैज्ञानिक बस्तुवादी विधि र विकल्पसहित आफू नेतृत्व छाड्न तयार रहेको बताए।उनले थपे, ‘यो विषम परिस्थितिमा पार्टीलाई छोडेर भाग्ने, जिम्मेवारीबाट पन्छिने, पलायन हुने, देश र जनतालाई धोका दिने भने पक्कै छैन। म नेतृत्वमा आउदा पनि बल गरेर आको होइन, अहिले पनि हुनैपर्छ भन्ने छैन। पार्टीले अहिलेसम्म दिएको जिम्मेवारीप्रति आभार प्रकट गर्दछु।’

देशी विदेशी चलखेल र हस्तक्षेप भएको आजको सन्दर्भमा नेतृत्व हस्तान्तरण जिम्मेवारीपुर्वक र विधिसम्मत रूपमा गरिनुपर्ने बताए। अहिलेको परिस्थितिमा नयाँ विचार, योजना, कार्यक्रम, नयाँ संगठनात्मक संरचना, आचरण र कार्यशैलीसहित नयाँ कार्यनीतिक शृङ्खला कायम गरेर यो संकटको सामाना गर्नुपर्ने बताए।

उनले भने, ‘जेन–जी आन्दोलनका मागप्रति समर्थन गरेको र राज्यदमनको विरुद्ध उभिएको हाम्रो पार्टीले आन्दोलनको भावना अनुसार नै पार्टीको केन्द्रीय पदाधिकारी, स्थायी समिति र केन्द्रीय समिति विघटन गरि यही बैठकबाट आयोजक समिति बनाएर विशेष महाधिवेशनमा जानेछ।’ लोकतन्त्रको रक्षाको लागि फागुन २१ को निर्वाचन सम्पन्न गराउन माओवादीले विशेष जोड गर्ने पनि बताए।