Close

Recent Posts

फागुन २० सम्म १८ वर्ष उमेर पुग्नेले कात्तिकभरि मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

फागुन २० सम्म १८ वर्ष उमेर पुग्नेले कात्तिकभरि मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने
  • ९ आश्विन २०८२, बिहीबार १६:०४

काठमाडौं– निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने समय तोकेको छ । आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने गरी कात्तिक मसान्तसम्म नामावली संकलन र अद्यावधिक गरिने आयोगले जनाएको छ ।

mulpatra

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गर्ने म्यान्डेट पाएको छ ।

निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने व्यवस्था छ। तर सरकारले बुधबार अध्यादेश ल्याएर उक्त व्यवस्था हेरफेर गरेको छ । आज बसेको आयोगको बैठकले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको आयोगले जानकारी दियो ।