मन्त्रिपरिषद् निर्णयविपरीत आफ्नै खर्चमा ३९ जनालाई ग्वान्झाउ घुमाउँदै निगम

मन्त्रिपरिषद् निर्णयविपरीत आफ्नै खर्चमा ३९ जनालाई ग्वान्झाउ घुमाउँदै निगम
  • ९ आश्विन २०८२, बिहीबार १६:२९

काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आजदेखि चीनको गोन्जाओ सिधा उडान भर्दैछ । फ्लाइट नम्बर आरए ४१७ को एयर बस ३२० राति १० बजे त्यसतर्फ उड्नेछ ।

mulpatra

अवकाशमा घर जान लागेका अधिकारीले आफूले करारमा भर्ना गरेका कर्मचारीलाई विदेशस्थित कार्यालयमा सेटिङमा पठाउन लागेको विषय पनि सार्वजनिक भइरहेको छ । तर, उडान सेवा विस्तारको खुशियालीमा निगमले गरिरहेको तामझामको तयारीले आन्तरिकरूपमै असन्तुष्टि र आलोचना बढेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयमा दर्ता गरिएको निवेदनमा अधिकारीको कार्यशैलीप्रति आपत्ति जनाउँदै बर्खास्तीको माग गरिएको छ । अधिकारीले अन्तर्राष्ट्रिय टिकट बिक्रीमा निश्चित ट्राभल एजेन्सीसँग मिलेमतो गरेको र आवश्यक नभएका ठाउँमा समेत जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्त गरेर करोडौँ घोटाला गरेको उनीहरूको आरोप छ ।

mulpatra mulpatra mulpatra

नर्तकीहरूसहितको टीममा अध्यक्ष युवराज अधिकारीसहित, मार्केटिङ डाइरेक्टर टंकनिधि दाहाल, अन्य कर्मचारीहरू सुष्मा तामाङ, करिश्मा मालाकार, संगीता प्रजापती, रशु शाक्य, स्पर्श न्यौपाने, सोनिया तामाङ्ग, पासाङ लामा, स्वस्तिका चौलागाईँसमेत छन् । केही विमान परिचारिकालाई नै कलाकार बनाएर लैजाने तयारी भइरहेको स्रोतको भनाइ छ ।

आफ्नो कार्यकाल सकिदै गर्दा अधिकारीले दुईवटा वाइडबडी जहाजको इन्जिन मर्मतको लागि ८ अर्बको टेन्डर प्रक्रियामा नगई कम्पनीसँग गोप्य सम्झौता र वार्ता गरी अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रिया सुरु नगरी रोल्स रोयस कम्पनीसँग सिंगापुरमा बैठक गरेको पनि ज्ञापन पत्रमा उल्लेख छ ।

त्यस्तै एनडीए गरी अनुसार यो प्रक्रियालाई अपारदर्शी बनाइनुका साथै कानूनी र पारदर्शी प्रक्रिया पालना नगरिएको लगायतका १० विषयमा पनि छानबिन गर्न भनिएको छ ।

Image Source: © https://mulpatra.com