Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

अर्थ मन्त्रालयमा डिजिटल स्वीकृति प्रणाली सुरू

अर्थ मन्त्रालयमा डिजिटल स्वीकृति प्रणाली सुरू
  • १० आश्विन २०८२, शुक्रबार १०:५५

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले आजदेखि अर्थ मन्त्रालयका सबै टिप्पणी (मेमो) डिजिटल प्रणालीमार्फत स्वीकृति दिने कार्य सुरू गरेको जानकारी दिएका छन् ।

mulpatra

खनालले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् यो जानकारी दिएका हुन् । उनका अनुसार आजदेखि मन्त्रालयमा कागजी प्रक्रियामात्र नभई डिजिटल स्वीकृति प्रक्रियाको सुरुवात भएको उल्लेख गरेका छन् ।

‘आजदेखि अर्थमा सबै टिप्पणी डिजिटल स्वीकृति शुरू,’ मन्त्री खनालले भनेका छन् । यससँगै मन्त्रालयभित्र प्रशासनिक कार्यमा पारदर्शिता र छरितोपन बढ्ने अपेक्षा गरिएको छ । डिजिटल स्वीकृति प्रणाली लागू भएपछि कागजी काममा लाग्ने समय घट्ने र दक्षता बढ्ने विश्वास लिइएको छ ।

mulpatra mulpatra mulpatra