Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

दशैंमा कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताको गतिविधिमाथि उच्च निगरानी राख्न प्रधानमन्त्रीको प्रहरीलाई निर्देशन

दशैंमा कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताको गतिविधिमाथि उच्च निगरानी राख्न प्रधानमन्त्रीको प्रहरीलाई निर्देशन
  • १० आश्विन २०८२, शुक्रबार १७:२१

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्ने बताएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को अनुगमन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै मन्त्री अर्यालले सो कुरा बताएका हुन् ।

mulpatra

शान्ति सुरक्षा र सुशासन कायम गर्दै आगामी चुनाव सम्पन्न गर्न पनि राजनीतिक कनेक्सनका फाइल खोल्नुपर्ने उनले बताए । मन्त्री अर्यालले भने, ‘पोलिटिकल कनेक्सनका आधारमा जे कुरा रोकिएको थियो, जे कुरा बिथोलिएको थियो । त्यस्तो अब हुँदैन ।’

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले विहीबार राष्ट्रका नाममा सम्बोधन गरेकी छन् । सम्बोधनका क्रममा उनले वर्तमान सरकारको कार्यक्षेत्र, वर्तमान परिस्थितिमा चाल्नुपर्ने आवश्यक छानविन, निर्वाचन तयारीलगाएतका विषयमा सकारको तयारीबारे जनतालाई जानकारी गराएकी छन् ।

mulpatra mulpatra mulpatra

प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारको कार्यक्षेत्र संविधान संशोधन नभएको प्रष्ट पारेकी छन् । अन्तरिम सरकारको प्रधानमन्त्री बनेपश्चात विहीबार पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले संविधान संशोधन अहिलेको सरकारको कार्यक्षेत्र नभएको बताएकी हुन् ।

सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै गृह मन्त्री ओमप्रकाश अर्यालको काममाथि नै प्रश्न उठिरहेका बेला सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने र पक्राउ गर्नेसम्मको तयारी गरेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखकसहित चरम हिंसामा संलग्नमाथि कारबाही नहुँदासम्म यो माग बढेपछि आजमात्र प्रधानमन्त्री कार्कीले गोप्य रुपमा प्रहरीले एमाले, कांग्रेस र माओवादीका शीर्ष नेतामाथि निगरानी बढाउन निर्देशन दिएकी छिन् ।

Image Source: © https://mulpatra.com

अहिले ओली, लेखक र अन्य जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिने व्यक्तिमाथि कारवाहीका लागि गृह मन्त्रालयमा छलफल भइरहेको छ । पहिला तत्कालिन गृहमन्त्रीलाई लेखकलाई पक्रिनका लागि एक किसिमको तयारी भएको र उनलाई चाँडै पक्रिने गृह मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

एमाले र कांग्रेसका दोस्रो पुस्ताका नेता र माओवादीका नेतामाथि पनि प्रधानमन्त्रीले उच्च निगरानी बढाउन निर्देशन दिएको र सोही अनुसार प्रहरी परिचालनको तयारी भइरहेको उनको भनाइ छ । ‘दशैमा राजनीतिक गतिविधि र अन्य समस्या सिर्जना हुने र गर्ने भएका कारण उनीहरुको निगरानी गर्ने निर्देशन आएको हो ।’

हिजो मात्र माओवादी अध्यक्ष प्रचण्डले समेत सरकारले भ्रष्टाचारका नाममा नेतालाई जेल हाल्ने चलखेल भइरहेको आरोप लगाएका थिए ।

नागरिकको आक्रोश उत्कर्षमा पुगिरहेका बेला जेनजी युवाहरुले मुलुकको सुशासनको आवाज उठाउँदै सडकमा उत्रिदा सरकार दमनमा उत्रियो । परिणाम स्वरुप युवाहरुले ३६ घण्टामै सत्ता पल्टाइदिए । नेताहरु लखेटिनु पर्यो । जेनजी विद्रोहपछि अहिले मुलुकमा अन्तरिम सरकार बनेको छ । जसले आगामी ६ महिनाभित्र नयाँ निर्वाचन गर्ने जिम्मेवारी पाएको छ ।

जेनजी विद्रोहले दुई ठूला राजनीतिक दल सम्मिलित सत्ता मात्रै ढालेन । प्रतिनिधिसभाकै विघटन गरिदियो । पहिलो पटक संविधानसभाबाट बनेको संविधानसमेत संकटको डिलमा रहेको अवस्थामा दलहरुलाई लिकमा हिडाएर संविधानको रक्षा गर्नुपर्ने अवस्था छ ।

योसँगसँगै जेनजी विद्रोहले राजनीतिक कोर्ष नै बदलिदिएको छ । राजनीतिक दलहरुलाई सच्चिएर अगाडि बढ्ने अवसर समेत जेनजी विद्रोहले दिएको छ । तर पछिल्लो समय एमालेका नेता महेश बस्नेतले सबैभन्दा बढी तत्कालिन प्रधानमन्त्री तथा केपी ओलीलाई सार्वजनिक गर्दा धम्कीपुर्ण भाषा प्रयोग गरे ।