दशैंमा कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताको गतिविधिमाथि उच्च निगरानी राख्न प्रधानमन्त्रीको प्रहरीलाई निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्ने बताएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को अनुगमन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै मन्त्री अर्यालले सो कुरा बताएका हुन् ।
शान्ति सुरक्षा र सुशासन कायम गर्दै आगामी चुनाव सम्पन्न गर्न पनि राजनीतिक कनेक्सनका फाइल खोल्नुपर्ने उनले बताए । मन्त्री अर्यालले भने, ‘पोलिटिकल कनेक्सनका आधारमा जे कुरा रोकिएको थियो, जे कुरा बिथोलिएको थियो । त्यस्तो अब हुँदैन ।’
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले विहीबार राष्ट्रका नाममा सम्बोधन गरेकी छन् । सम्बोधनका क्रममा उनले वर्तमान सरकारको कार्यक्षेत्र, वर्तमान परिस्थितिमा चाल्नुपर्ने आवश्यक छानविन, निर्वाचन तयारीलगाएतका विषयमा सकारको तयारीबारे जनतालाई जानकारी गराएकी छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारको कार्यक्षेत्र संविधान संशोधन नभएको प्रष्ट पारेकी छन् । अन्तरिम सरकारको प्रधानमन्त्री बनेपश्चात विहीबार पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले संविधान संशोधन अहिलेको सरकारको कार्यक्षेत्र नभएको बताएकी हुन् ।
सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै गृह मन्त्री ओमप्रकाश अर्यालको काममाथि नै प्रश्न उठिरहेका बेला सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने र पक्राउ गर्नेसम्मको तयारी गरेको छ ।
तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखकसहित चरम हिंसामा संलग्नमाथि कारबाही नहुँदासम्म यो माग बढेपछि आजमात्र प्रधानमन्त्री कार्कीले गोप्य रुपमा प्रहरीले एमाले, कांग्रेस र माओवादीका शीर्ष नेतामाथि निगरानी बढाउन निर्देशन दिएकी छिन् ।
अहिले ओली, लेखक र अन्य जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिने व्यक्तिमाथि कारवाहीका लागि गृह मन्त्रालयमा छलफल भइरहेको छ । पहिला तत्कालिन गृहमन्त्रीलाई लेखकलाई पक्रिनका लागि एक किसिमको तयारी भएको र उनलाई चाँडै पक्रिने गृह मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।
एमाले र कांग्रेसका दोस्रो पुस्ताका नेता र माओवादीका नेतामाथि पनि प्रधानमन्त्रीले उच्च निगरानी बढाउन निर्देशन दिएको र सोही अनुसार प्रहरी परिचालनको तयारी भइरहेको उनको भनाइ छ । ‘दशैमा राजनीतिक गतिविधि र अन्य समस्या सिर्जना हुने र गर्ने भएका कारण उनीहरुको निगरानी गर्ने निर्देशन आएको हो ।’
हिजो मात्र माओवादी अध्यक्ष प्रचण्डले समेत सरकारले भ्रष्टाचारका नाममा नेतालाई जेल हाल्ने चलखेल भइरहेको आरोप लगाएका थिए ।
नागरिकको आक्रोश उत्कर्षमा पुगिरहेका बेला जेनजी युवाहरुले मुलुकको सुशासनको आवाज उठाउँदै सडकमा उत्रिदा सरकार दमनमा उत्रियो । परिणाम स्वरुप युवाहरुले ३६ घण्टामै सत्ता पल्टाइदिए । नेताहरु लखेटिनु पर्यो । जेनजी विद्रोहपछि अहिले मुलुकमा अन्तरिम सरकार बनेको छ । जसले आगामी ६ महिनाभित्र नयाँ निर्वाचन गर्ने जिम्मेवारी पाएको छ ।
जेनजी विद्रोहले दुई ठूला राजनीतिक दल सम्मिलित सत्ता मात्रै ढालेन । प्रतिनिधिसभाकै विघटन गरिदियो । पहिलो पटक संविधानसभाबाट बनेको संविधानसमेत संकटको डिलमा रहेको अवस्थामा दलहरुलाई लिकमा हिडाएर संविधानको रक्षा गर्नुपर्ने अवस्था छ ।
योसँगसँगै जेनजी विद्रोहले राजनीतिक कोर्ष नै बदलिदिएको छ । राजनीतिक दलहरुलाई सच्चिएर अगाडि बढ्ने अवसर समेत जेनजी विद्रोहले दिएको छ । तर पछिल्लो समय एमालेका नेता महेश बस्नेतले सबैभन्दा बढी तत्कालिन प्रधानमन्त्री तथा केपी ओलीलाई सार्वजनिक गर्दा धम्कीपुर्ण भाषा प्रयोग गरे ।