Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

ओली लेखक सहित पाँच जनाको राहदानी रोक्का

ओली लेखक सहित पाँच जनाको राहदानी रोक्का
  • १२ आश्विन २०८२, आईतवार २१:१९

काठमाडौं । जेनजी आन्दोलनले प्रमुख दुई ठुला दल मिलेर गठन भएको सरकार राजीनामा दिन वाध्य भएको थियो । जेनजी आन्दोलनमा चरम दमन भएको र ७४ जनाको मृत्यु भएको घटना छानविन गर्न जेनजी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको छ।

mulpatra

आज बसेको आयोग बैठकले उनीहरूको विदेश भ्रमणमा रोक लगाएको छ । आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व सिडिओ छवि रिजालको पासपोर्ट रोक्का गर्न पनि सिफारिस गरेको छ।

विदेश भ्रमण मात्र होइन जेनजी आन्दोलनमा दमनको नेतृत्व गरेको भनी आरोप लागेका पाँच जनालाई आयोगको स्वीकृतिबिना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न पनि सम्बन्धित निकायमा पत्राचार गरिएको छ।

mulpatra mulpatra mulpatra