आरजुको भाई भुषणको घरमा छापा मार्यो सिआइविले

काठमाडौं — प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाको भाइ भुषण राणाको घर मा छापा मारेको छ । भुषण लगायत केही अन्य शंकास्पद स्थानहरूमा आइतवार साँझदेखि रातिसम्म छापा मारेको सिआइवि श्रोतले बताएको छ ।
स्रोत नखुलेको रकम र अन्य शंकास्पद वस्तुहरू फेला पर्न सक्ने विशिष्ट सूचना प्राप्त भएपछि छापा मारेको समेत सिआइबिले जनाएको छ । यद्यपि, भुषण राणा घरमा थिएनन्, उनी देश बाहिर गएका थिए।
छापामा गरिएको सम्पूर्ण विवरण अहिले सार्वजनिक गर्न नमिल्ने बताए पनि केही स्थानबाट नगद बरामद गरेको हुनसक्ने बताइएको छ ।
भुषण राणा पहिलेदेखि नै विवादित व्यक्ति थिए । देउवा र आरजु शक्तिमा भएको फाइदा लिँदै विभिन्न सिंडिकेट खडा गरेका थिए ।
मलेसिया कामदार लान सिण्डिकेटको चर्चा चलिरहँदा व्यवसायीहरुसगँ उनैले डिल गरेर रकम संकलन गर्ने गरेको आरोप पनि भुषण माथि लागेको थियो ।