Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

आज दशैंको टिका थाप्ने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा

आज दशैंको टिका थाप्ने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा
  • १६ आश्विन २०८२, बिहीबार ०६:२६

काठमाडौं । आज वडा दशैंको मुख्य दिन विजयादशमी, हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरूप टीका, जमरा ग्रहणगरि मनाइँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमी (दशैंं) टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा रहेको जनाएको छ ।

mulpatra

समितिका अनुसार २०८२ साल असोज १६ गते बिहीबार विजयादशमी परेको छ। उक्त दिन बिहान ११ बजेर ५३ मिनेटमा टीका तथा जमरा ग्रहण गर्न उत्तम साइत रहेको समितिले जनाएको छ।

घटस्थापनाका दिन विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आज शनिवार विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ ।

mulpatra mulpatra mulpatra

शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साह शक्ति प्राप्त हुने मान्यता रहेकाले साइत जुराइने गरिन्छ । साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ’ भन्ने मान्यता रहेको छ ।

घटस्थापनाका दिन स्थापित पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडादसैं कै सबैभन्दा महत्त्वपूर्ण दिन हो । त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।

Image Source: © https://mulpatra.com

आज बिहानैदेखि फुलपाती र देवी विसर्जन, विजय दशमी, टिका एवं जमरा ग्रहण गर्ने परम्परा छ।