आज विजयादशमी दशैंको टिकाको दिन टिका लगाउँदा कुन मन्त्र भन्ने
काठमाडौं । आज हिन्दुहरुको महान चाड विजयादशमी देश विदेशमा रहेका सम्पूर्णले मान्यजन र आफुभन्दा ठुलाबडाबाट टिका र आशिर्वाद थाप्ने प्रचलन रही आएको छ । विजया दशमीका दिन परम्पराअनुसार ठूलोबडा मान्यजनबाट टीका–जमरा लगाएर दीर्घायु, समृद्धि र विजयको आशिर्वाद लिने गरिन्छ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विहान ११ः५३ लाई टीका ग्रहण गर्ने उत्तम साइत तय गरेको छ । देवी दुर्गाको प्रसादस्वरूप मानिने टीका (रातो अबिर, दही र चामलको मिश्रणं) र जमरा ग्रहण गर्ने परम्परा रहेको छ। जनजाति समुदायमा सेतो टिका समेत लगाउने गरिन्छ ।
टीका लगाउँदा विभिन्न मन्त्र उच्चारण गर्ने गरिन्छ । आशिर्वाद स्वरुप उच्चारण गर्ने मन्त्रहरु मा फरक फरक आशिर्वाद हुन्छन् । श्रीमद्भागवत गीतामा उल्लेख भएकामध्ये पुरुष र स्त्रीलाई टीका ग्रहणका क्रममा फरक फरक आशिष दिने गरिन्छ ।
पुरुषलाई
आयु द्रोणसुते श्रेयं दशरथे शत्रुक्षेयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्य शान्तनभे बलं हलधरे सत्यं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
महिलालाई
ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते
रूपं देहि जयं देहि यशो देहि द्विषो जही
महिषासुर निर्नाशि भक्तानां सुखदे नमः । रूपं
देहि जयं देहि यशो देहि द्विषो जही
धूम्रनेत्र वधे देवि धर्म कामार्थ दायिनि। रूपं
देहि जयं देहि यशो देहि द्विषो जही
