Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

आज विजयादशमी दशैंको टिकाको दिन टिका लगाउँदा कुन मन्त्र भन्ने

आज विजयादशमी दशैंको टिकाको दिन टिका लगाउँदा कुन मन्त्र भन्ने
  • १६ आश्विन २०८२, बिहीबार ०७:००

काठमाडौं । आज हिन्दुहरुको महान चाड विजयादशमी देश विदेशमा रहेका सम्पूर्णले मान्यजन र आफुभन्दा ठुलाबडाबाट टिका र आशिर्वाद थाप्ने प्रचलन रही आएको छ । विजया दशमीका दिन परम्पराअनुसार ठूलोबडा मान्यजनबाट टीका–जमरा लगाएर दीर्घायु, समृद्धि र विजयको आशिर्वाद लिने गरिन्छ।

mulpatra

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विहान ११ः५३ लाई टीका ग्रहण गर्ने उत्तम साइत तय गरेको छ । देवी दुर्गाको प्रसादस्वरूप मानिने टीका (रातो अबिर, दही र चामलको मिश्रणं) र जमरा ग्रहण गर्ने परम्परा रहेको छ। जनजाति समुदायमा सेतो टिका समेत लगाउने गरिन्छ ।

टीका लगाउँदा विभिन्न मन्त्र उच्चारण गर्ने गरिन्छ । आशिर्वाद स्वरुप उच्चारण गर्ने मन्त्रहरु मा फरक फरक आशिर्वाद हुन्छन् । श्रीमद्भागवत गीतामा उल्लेख भएकामध्ये पुरुष र स्त्रीलाई टीका ग्रहणका क्रममा फरक फरक आशिष दिने गरिन्छ ।
पुरुषलाई

mulpatra mulpatra mulpatra

आयु द्रोणसुते श्रेयं दशरथे शत्रुक्षेयं राघवे ।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।

शौर्य शान्तनभे बलं हलधरे सत्यं च कुन्तीसुते ।

Image Source: © https://mulpatra.com

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

महिलालाई

ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते

रूपं देहि जयं देहि यशो देहि द्विषो जही
महिषासुर निर्नाशि भक्तानां सुखदे नमः । रूपं

देहि जयं देहि यशो देहि द्विषो जही
धूम्रनेत्र वधे देवि धर्म कामार्थ दायिनि। रूपं

देहि जयं देहि यशो देहि द्विषो जही