जेनजी आन्दोलनमा मृत्युभएका परिवारलाई भेटिन प्रधानमन्त्रीले
काठमाडौँ । जेनजी आन्दोलनमा मृतक भएकाहरूको सम्झनामा यसपालीको दशैको टिका नलगाउने घोषणा गरेकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको परिवारलाई भेटेकी छन् ।

प्रधानमन्त्री कार्कीले आन्दोलनमा मृत्यु भएका परिवारहरुलाई भेटेकी छिन् । जेनजी आन्दोलनमा मृत्यु भएका बागलुङ घर भई काठमाडौँको वनस्थली बस्दै आएका सौरन किशोर श्रेष्ठको परिवार, नागर्जुन ३ की मृतक कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगरमा मृतक बुद्धिबहादुर तामाङको परिवारलाई भेटेकी छिन् ।
प्रधानमन्त्री कार्कीसँग सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि साथैमै थिए ।
