Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

हेटौडा–काठमाडौं सडक आवातजावत पनि रातीको समयमा रोक

हेटौडा–काठमाडौं सडक आवातजावत पनि रातीको समयमा रोक
  • १७ आश्विन २०८२, शुक्रबार १०:०४

काठमाडौं । विपी राजमार्ग रात्रीमा आवात जावत बन्द भएको भोलीपल्ट हेटौंडा–काठमाडौं जोड्ने दुई सडकमा पनि आजदेखि बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

mulpatra

मकवानपुर जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथमा आजदेखि असोज २० गते बेलुका ४ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म र हेटौंडा–भै‌से–काठमाडौं सडकमा बेलुका ५ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिएको छ।

जल तथा मौसम विभागको पूर्वानुमान अनुसार जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले यी दुवै सडकमा बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिएको छ।

mulpatra mulpatra mulpatra

त्यस अवधिमा अत्यन्त जरुरी कामबाहेक टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह समेत गरिएको छ ।