यी स्थानमा भारी बर्षाको सम्भावना सचेत रहन विभागको आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेकोले उच्च सतर्कता अपनाउन जानकारी दिएको छ ।

महाशाखाका अनुसार शनिवार देशभर साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराइका केही भू–भागहरू भारी र अति भारी वर्षाको सम्भावना रहेको छ।
बाग्मती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहत र आसपासका जिल्लामा पानी पर्ने र त्यसले गर्दा स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हुँदा विभागले सर्तक रहन सबैमा अनुरोध गरेको छ ।
विभागले पुर्वानुमानका आधारमा उत्पन्न हुन सक्ने बाढी, डुवान, पहिरो, भुक्षय लगायतका जोखिम न्युनिकरणका लागि विभाग, जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धी सबै निकायहरु र सर्वसाधारणमा समेत अपिल गरेको छ ।
