Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

यी स्थानमा भारी बर्षाको सम्भावना सचेत रहन विभागको आग्रह

यी स्थानमा भारी बर्षाको सम्भावना सचेत रहन विभागको आग्रह
  • १८ आश्विन २०८२, शनिबार ०८:०३

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेकोले उच्च सतर्कता अपनाउन जानकारी दिएको छ ।

mulpatra

महाशाखाका अनुसार शनिवार देशभर साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराइका केही भू–भागहरू भारी र अति भारी वर्षाको सम्भावना रहेको छ।

बाग्मती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहत र आसपासका जिल्लामा पानी पर्ने र त्यसले गर्दा स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हुँदा विभागले सर्तक रहन सबैमा अनुरोध गरेको छ ।

mulpatra mulpatra mulpatra

विभागले पुर्वानुमानका आधारमा उत्पन्न हुन सक्ने बाढी, डुवान, पहिरो, भुक्षय लगायतका जोखिम न्युनिकरणका लागि विभाग, जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धी सबै निकायहरु र सर्वसाधारणमा समेत अपिल गरेको छ ।