Close

Recent Posts

इलाम बाढी पहिरोः ९ को मृत्यु ९ जना वेपत्ता

इलाम बाढी पहिरोः ९ को मृत्यु ९ जना वेपत्ता
  • १९ आश्विन २०८२, आईतवार ०९:०७

इलाम । इलाममा बाढी पहिरोमा परेर ७ जनाको मृत्य भएको छ । शनिवार दिनभर जसो परेको अविरल पानीका कारण विभिन्न ठाउँमा पहिरोमा ६ जना वेपत्ता भएको जनाइएको छ ।

mulpatra

इलाम नगरपालिका वडा नं. ६ घोसमा एकै परिवारको ६ जनाको मृत्य भएको छ । पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको स्थानीयले बताएका छन् । त्यसैगरि सन्दकपुर गाउँपालिका १ छाँगेमा एकजनाको मृत्य भएको छ भने माइजोगमाई गाउँपालिका वडा नं. ६ प्याङमा एकै परिवारका ५ जना वेपत्ता भएका छन् ।

इलाम देउमाइ धुसेनि ५ का दिपक लिम्बु फियाकको घर पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ भने एकजना सानो नानि जिबित्तै उद्दार गरिएको छ् । तीन जना भने अझै वेपत्ता भएको र खोजी कार्य जारी रहेको उद्धारमा रहेका एक स्थानीयले बताएका छन् ।

पहिरोमा परि माङ्सेबुङ गाउँपालिकामा १ गर्भवती महिला र १ पुरुष गम्भीर घाइते भएको र उद्धारको पर्खाइमा रहेको जनाइएको छ ।

कठिन भूगोलका कारण तथ्यांक संकलन गर्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।