Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इलाम बाढी पहिरोः ९ को मृत्यु ९ जना वेपत्ता

इलाम बाढी पहिरोः ९ को मृत्यु ९ जना वेपत्ता
  • १९ आश्विन २०८२, आईतवार ०९:०७

इलाम । इलाममा बाढी पहिरोमा परेर ७ जनाको मृत्य भएको छ । शनिवार दिनभर जसो परेको अविरल पानीका कारण विभिन्न ठाउँमा पहिरोमा ६ जना वेपत्ता भएको जनाइएको छ ।

mulpatra

इलाम नगरपालिका वडा नं. ६ घोसमा एकै परिवारको ६ जनाको मृत्य भएको छ । पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको स्थानीयले बताएका छन् । त्यसैगरि सन्दकपुर गाउँपालिका १ छाँगेमा एकजनाको मृत्य भएको छ भने माइजोगमाई गाउँपालिका वडा नं. ६ प्याङमा एकै परिवारका ५ जना वेपत्ता भएका छन् ।

इलाम देउमाइ धुसेनि ५ का दिपक लिम्बु फियाकको घर पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ भने एकजना सानो नानि जिबित्तै उद्दार गरिएको छ् । तीन जना भने अझै वेपत्ता भएको र खोजी कार्य जारी रहेको उद्धारमा रहेका एक स्थानीयले बताएका छन् ।

mulpatra mulpatra mulpatra

पहिरोमा परि माङ्सेबुङ गाउँपालिकामा १ गर्भवती महिला र १ पुरुष गम्भीर घाइते भएको र उद्धारको पर्खाइमा रहेको जनाइएको छ ।

कठिन भूगोलका कारण तथ्यांक संकलन गर्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।