इलाम पहिरोमा हालसम्म ३७ जनाको मृत्यु

इलाम । शुक्रबार देखि परेको अविरल वर्षाका कारण इलाम जिल्लाका विभिन्न स्थानमा पहिरोमा परि ३७ जनाको मृत्यु भएको छ । विभिन्न स्थानमा गएको पहिरोमा परि ३७ जनाको मृत्य भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा इलाम नगरपालिका–६ घोषमा २३ वर्षीय समिर देउजाली, २३ वर्षीय प्रविण तामाङ, २३ वर्षीय बिराज पाख्रिन तामाङ, ३ वर्षीय आवास दनुवार, ३२ वर्षीया अनु तामाङ र ८ वर्षीया प्रिन्सिखा मगरको मृत्यु भएको छ ।
त्यसैगरी सन्दकपुर गाउँपालिका–१ छाँगेमा ४३ वर्षीय भिमबहादुर राई, ६६ वर्षीया हरिमाया राई, ४७ वर्षीया देवी राई, ५४ वर्षीय शेखर राई, ७४ वर्षीया सारदा सेडाई र ४८ वर्षीया तारा देवी राईको मृत्यु भएको छ।
माईजोगमाई गाउँपालिका–३ प्याङमा बर्मलाल, बुद्धमाया सोङमी, धनबल सोङमी, सरला सोङमी र प्रकृती सोङमीको मृत्यु भएको छ ।
सूर्योदय नगरपालिका–१ मानेभञ्याङमा मनमाया क्षेत्री, रस्मिका क्षेत्री, दोलखाका दिप बस्नेत, उनकी श्रीमती भवानी बस्नेत र छोरी दिव्या बस्नेतको मृत्यु भएको छ ।
देउमाई नगरपालिका–५ ढुसेनीमा दिपक, श्रीमती ऋषिका लिम्बु, छोरी दिपिस्का लिम्बु, भतिजा सौजन लिम्बु र सौगात लिम्बुको मृत्यु भएको छ भने झारेमा रोशन लिम्बु र बेबिसा राईको मृत्यु भएको छ ।
यस्तै, देउमाई–३ लक्ष्मीबोटेमा कृष्ण मगर, माङसेबुङ गाउँपालिका–१ पार्टी गाउँमा कृष्णमाया लिम्बु, माया लिम्बु र पाँचथर मिक्लाजुङकी १७ वर्षीया नेहा राईको मृत्यु भएको छ ।
फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा सुरेश लिम्बु, माईजोगमाई–६ ओडारेमा किरण थेवे, मनमाया थेवे र मुनुसा थेवेको मृत्यु भएको छ ।
बाढी र पहिरोका कारण मेची राजमार्गमा पुल बगाउँदा यातायात अवरोध भएको छ । भारी बर्षाका कारण विभिन्न स्थानहरु पहिरोको जोखिममा रहेकोले प्रहरीले सर्तक रहन आव्हान गरेको छ ।
