Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इलाम पहिरोमा हालसम्म ३७ जनाको मृत्यु

इलाम पहिरोमा हालसम्म ३७ जनाको मृत्यु
  • १९ आश्विन २०८२, आईतवार १९:३७

इलाम । शुक्रबार देखि परेको अविरल वर्षाका कारण इलाम जिल्लाका विभिन्न स्थानमा पहिरोमा परि ३७ जनाको मृत्यु भएको छ । विभिन्न स्थानमा गएको पहिरोमा परि ३७ जनाको मृत्य भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

mulpatra

मृत्यु हुनेमा इलाम नगरपालिका–६ घोषमा २३ वर्षीय समिर देउजाली, २३ वर्षीय प्रविण तामाङ, २३ वर्षीय बिराज पाख्रिन तामाङ, ३ वर्षीय आवास दनुवार, ३२ वर्षीया अनु तामाङ र ८ वर्षीया प्रिन्सिखा मगरको मृत्यु भएको छ ।

त्यसैगरी सन्दकपुर गाउँपालिका–१ छाँगेमा ४३ वर्षीय भिमबहादुर राई, ६६ वर्षीया हरिमाया राई, ४७ वर्षीया देवी राई, ५४ वर्षीय शेखर राई, ७४ वर्षीया सारदा सेडाई र ४८ वर्षीया तारा देवी राईको मृत्यु भएको छ।

mulpatra mulpatra mulpatra

माईजोगमाई गाउँपालिका–३ प्याङमा बर्मलाल, बुद्धमाया सोङमी, धनबल सोङमी, सरला सोङमी र प्रकृती सोङमीको मृत्यु भएको छ ।

सूर्योदय नगरपालिका–१ मानेभञ्याङमा मनमाया क्षेत्री, रस्मिका क्षेत्री, दोलखाका दिप बस्नेत, उनकी श्रीमती भवानी बस्नेत र छोरी दिव्या बस्नेतको मृत्यु भएको छ ।

देउमाई नगरपालिका–५ ढुसेनीमा दिपक, श्रीमती ऋषिका लिम्बु, छोरी दिपिस्का लिम्बु, भतिजा सौजन लिम्बु र सौगात लिम्बुको मृत्यु भएको छ भने झारेमा रोशन लिम्बु र बेबिसा राईको मृत्यु भएको छ ।

Image Source: © https://mulpatra.com

यस्तै, देउमाई–३ लक्ष्मीबोटेमा कृष्ण मगर, माङसेबुङ गाउँपालिका–१ पार्टी गाउँमा कृष्णमाया लिम्बु, माया लिम्बु र पाँचथर मिक्लाजुङकी १७ वर्षीया नेहा राईको मृत्यु भएको छ ।

फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा सुरेश लिम्बु, माईजोगमाई–६ ओडारेमा किरण थेवे, मनमाया थेवे र मुनुसा थेवेको मृत्यु भएको छ ।

बाढी र पहिरोका कारण मेची राजमार्गमा पुल बगाउँदा यातायात अवरोध भएको छ । भारी बर्षाका कारण विभिन्न स्थानहरु पहिरोको जोखिममा रहेकोले प्रहरीले सर्तक रहन आव्हान गरेको छ ।