Close

Recent Posts

कोशीमा पानीको सतह उच्च, ब्यारेजमा खतराको संकेत

कोशीमा पानीको सतह उच्च, ब्यारेजमा खतराको संकेत
  • १९ आश्विन २०८२, आईतवार १९:५५

काठमाडौं । पूर्वी पहाडी जिल्लामा भइरहेको लगातार वर्षाका कारण कोशी नदीमा पानीको सतह उच्च बनेको छ। आइतबार साँझ ६ बजे गरिएको मापनअनुसार कोशी बराजमा पानीको बहाव पाँच लाख ३० हजार ९५ क्युसेक पुगेको छ ।

mulpatra

उनका अनुसार पानीको बहाव तीव्र वृद्धि भएपछि कोशी बराजका सबै ५६ वटै ढोका खोलिएका छन्। नदीको सतह अझै बढ्ने संकेत देखिएपछि खतराको सूचकका रूपमा रातो बत्ती बालिएको र रातो झण्डा फहराइएको स्थानीय प्रसासनले जनाएको छ ।

स्थानीय प्रसासनले कोशी बराज वरिपरि सवारीसाधन आवागमन पूर्ण रूपमा रोक लगाइनुका साथै स्थानीयवासीलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।