आज कोजाग्रत पुर्णिमा ब्रत, दशैं टिका भोलि सम्म

आज कोजाग्रत पुर्णिमा ब्रत, दशैं टिका भोलि सम्म
  • २० आश्विन २०८२, सोमबार ०८:२३

काठमाडौं । आज कोजाग्रत पूर्णिमा मनाइँदैछ । घटस्थापना देखि शुरु भएको दशैं कोजाग्रत पूर्णिमा सम्म मनाउने प्रचलन छ । विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने प्रचलन चाहिँ पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन समाप्त हुन्छ ।

mulpatra

समय र तिथि अनुसार आज दिनको १२ बजेर ४२ मिनेट सम्म चतुर्दशी ब्रत रहेको र त्यसपछि पुर्णिमा तिथि शुरु हुनेछ । तिथि शुरु हुने समयलाई व्रतारम्भ मानिने हुनाले पुर्णिमा ब्रत आजै मनाइने गरिन्छ भने दशैंको टिकाको समापन भोलि मात्र हुनेछ । भोलि १२ बजेर ४१ मिनेट सम्म पुर्णिमा तिथि रहेको हुनाले दशैंको टिकाको विदाई भोलि lमात्र हुनेछ ।

भोलिबाट विदा हुने दशैंमा बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदिमा लगेर विसर्जन गरिन्छ ।