Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

लिएन प्रहरीले ओली–लेखकविरुद्धको जाहेरीः जेनजीले दिए सडकबाटै देखाइदिने धम्की

लिएन प्रहरीले ओली–लेखकविरुद्धको जाहेरीः जेनजीले दिए सडकबाटै देखाइदिने धम्की
  • २१ आश्विन २०८२, मंगलवार ०८:४०

काठमाडौं । जेनजी आन्दोलनले वाध्य भएर राजिनामा दिएका निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गर्नु पर्ने माग चौतर्फी बढीरहेको छ ।

mulpatra

यही बेला ओली र लेखक दुईजनालाई पक्राउ गर्नु पर्ने भन्दै जेन–जी समूहको नेता सुदन गुरुङ प्रहरी परिसर काठमाडौं पुगेर निवेदन दिन खोज्दा प्रहरीले लिन मानेन् ।

सोमबार साँझ निवेदन लिएर गएको गुरुङको समूहलाई भद्रकाली प्रहरी परिसरले निवेदन दर्ता नगरी फर्काइदिएको छ । ओली, लेखकले जेन–जी आन्दोलनमा दमन गरेको भन्दै पक्राउ गर्न माग गर्दै निवेदन दर्ताको प्रयास गरेका थिए ।

mulpatra mulpatra mulpatra

प्रहरीले यसबारे सरकारले गठन गरेको जाँचबुझ आयोगले काम गरिरहेको भन्दै फर्कन वाध्य भएको जेनजी टोलीले पक्राउ नगरे सडकबाटै देखाइदिने भन्दै धम्की दिएका छन् ।

ओली र लेखकलाई पक्राउ गर्न जेनजी समूहको दबाब र सडकमा चौतर्फी दबाब बढीरहे पछि प्रहरी परिसरले ओली र लेखकको सुरक्षामा कडाई गरेको छ भने सम्पूर्ण सुरक्षा युनिटलाई हाइ अर्लटमा रहन निर्देशन दिएको छ ।