नेपाली जनताले अहिले नचेते कहिले चेत्ने भन्दै प्रसाईकाे राजसंस्था चाडै फर्किने दावी

काठमाडौं – दुर्गा प्रसाईले नेपालमा फेरी राजसंस्था फर्किने दावी गरेका छन् । उनले देशमा तत्काल अथवा चाडैं राजसंस्था आउने संकेत गरे ।
हिजोको राजाको शासन एक पटक सम्झिनुस ! गणतन्त्र हुदै गिरिजा, देउवा, प्रचण्ड, ओली हुदै आज जिएनजी आन्दोलनको नाममा पश्चिमाहरुको डिजाइनमा बालेन जस्ता लुसिफर र सुशिला कार्कीको सरकार,त्यसमा पनी नेपाली सेना, प्रहरी र कर्मचारीलाई ठाडो निर्देशन दिएर हिड्ने सुदन गुरुङ्ग ! भनेपछी देश कहाँ पुग्यो र देश लाई कहाँ लगिदै छ? त्यहि भएर धैर्य गर्नुस राजा,देउता,धर्म र संस्कृती खोपीमै भए पनि चाहिदो रहेछ, प्रतिक्षा गर्नुस् ! बौद्ध, किराँत सहितको बैद्विक सनातन हिन्दु अधिराज्य नेपाल बनाउन, २०४७ सालको संबिधान पुन:स्थापना गर्नु छिमेकी मुलुकका लागि पनि र नेपालीहरुका लागि पनि अपरिहार्य भएको छ, त्यसैले चाडै देशमा नेपाल र नेपाली नागरिकहरुले चाहेको संबैधानिक राजसंस्था सहितको व्यवस्था आउँदै छ, हातमा दियो बोकेर दिपावली गर्नको लागि तयार रहनुहोला !!!
साथै लघुवित्त पिडित, सहकारी पिडित, बैंकबाट कालो सुचिमा परेका र घरबार लिलाम भएका सम्पुर्ण अभियान्ताहरुलाई काठमाडौँ केन्द्रित भई देशै भरी आन्दोलनका लागि तयार रहन अनुरोध गर्दछु ।