Close

Recent Posts

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

नेपाली जनताले अहिले नचेते कहिले चेत्ने भन्दै प्रसाईकाे राजसंस्था चाडै फर्किने दावी

नेपाली जनताले अहिले नचेते कहिले चेत्ने भन्दै प्रसाईकाे राजसंस्था चाडै फर्किने दावी
  • २१ आश्विन २०८२, मंगलवार १०:४०

काठमाडौं – दुर्गा प्रसाईले नेपालमा फेरी राजसंस्था फर्किने दावी गरेका छन् । उनले देशमा तत्काल अथवा चाडैं राजसंस्था आउने संकेत गरे ।

mulpatra

हिजोको राजाको शासन एक पटक सम्झिनुस ! गणतन्त्र हुदै गिरिजा, देउवा, प्रचण्ड, ओली हुदै आज जिएनजी आन्दोलनको नाममा पश्चिमाहरुको डिजाइनमा बालेन जस्ता लुसिफर र सुशिला कार्कीको सरकार,त्यसमा पनी नेपाली सेना, प्रहरी र कर्मचारीलाई ठाडो निर्देशन दिएर हिड्ने सुदन गुरुङ्ग ! भनेपछी देश कहाँ पुग्यो र देश लाई कहाँ लगिदै छ? त्यहि भएर धैर्य गर्नुस राजा,देउता,धर्म र संस्कृती खोपीमै भए पनि चाहिदो रहेछ, प्रतिक्षा गर्नुस् ! बौद्ध, किराँत सहितको बैद्विक सनातन हिन्दु अधिराज्य नेपाल बनाउन, २०४७ सालको संबिधान पुन:स्थापना गर्नु छिमेकी मुलुकका लागि पनि र नेपालीहरुका लागि पनि अपरिहार्य भएको छ, त्यसैले चाडै देशमा नेपाल र नेपाली नागरिकहरुले चाहेको संबैधानिक राजसंस्था सहितको व्यवस्था आउँदै छ, हातमा दियो बोकेर दिपावली गर्नको लागि तयार रहनुहोला !!!

साथै लघुवित्त पिडित, सहकारी पिडित, बैंकबाट कालो सुचिमा परेका र घरबार लिलाम भएका सम्पुर्ण अभियान्ताहरुलाई काठमाडौँ केन्द्रित भई देशै भरी आन्दोलनका लागि तयार रहन अनुरोध गर्दछु ।

mulpatra mulpatra mulpatra