पुर्वप्रधानमन्त्री ओली र प्रचण्डका सुरक्षाकर्मीहरू फिर्ता

काठमाडौं । सुसिला कार्की सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू फिर्ता गराएको छ।
बिहीबार भएको मन्त्रीपरिषदको बैठकले सुरक्षा कार्यविधि भन्दा बढी खटिएका सुरक्षाकर्मी फिर्ता गराउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार दुई जना पूर्वप्रधानमन्त्रीको सुरक्षामा कार्यविधिले तोकेभन्दा बढी सुरक्षाकर्मीहरू रहेकोले फिर्ता गरिएको सरकारका प्रवक्ताले जनाएका छन् ।
स्रोतका अनुसार पुर्वप्रधानमन्त्री प्रचण्डकोमा ३४ जना र ओलीकोमा २७ जना बढी सुरक्षाकर्मी खटिरहेको पाइएकोले फिर्ता गरेको गृह श्रोतले जनाएको छ ।
सरकारले कार्यविधिले तोकेभन्दा बढी सुरक्षाकर्मी लिएर दुरुपयोग गरिरहेका अन्य भिआइपीहरुको समेत सुरक्षाकर्मी फिर्ता गर्ने तयारी गरेको छ ।