Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

पुर्वप्रधानमन्त्री ओली र प्रचण्डका सुरक्षाकर्मीहरू फिर्ता

पुर्वप्रधानमन्त्री ओली र प्रचण्डका सुरक्षाकर्मीहरू फिर्ता
  • २४ आश्विन २०८२, शुक्रबार ०८:२८

काठमाडौं । सुसिला कार्की सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र ‍पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू फिर्ता गराएको छ।

mulpatra

बिहीबार भएको मन्त्रीपरिषदको बैठकले सुरक्षा कार्यविधि भन्दा बढी खटिएका सुरक्षाकर्मी फिर्ता गराउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार दुई जना पूर्वप्रधानमन्त्रीको सुरक्षामा कार्यविधिले तोकेभन्दा बढी सुरक्षाकर्मीहरू रहेकोले फिर्ता गरिएको सरकारका प्रवक्ताले जनाएका छन् ।

स्रोतका अनुसार पुर्वप्रधानमन्त्री प्रचण्डकोमा ३४ जना र ओलीकोमा २७ जना बढी सुरक्षाकर्मी खटिरहेको पाइएकोले फिर्ता गरेको गृह श्रोतले जनाएको छ ।

mulpatra mulpatra mulpatra

सरकारले कार्यविधिले तोकेभन्दा बढी सुरक्षाकर्मी लिएर दुरुपयोग गरिरहेका अन्य भिआइपीहरुको समेत सुरक्षाकर्मी फिर्ता गर्ने तयारी गरेको छ ।