Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

राष्ट्रपतिको आग्रहः तोकिएको मितिमा चुनाव गराउन सबै दल लाग्नु

राष्ट्रपतिको आग्रहः तोकिएको मितिमा चुनाव गराउन सबै दल लाग्नु
  • २४ आश्विन २०८२, शुक्रबार २०:११

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक राखेर तोकिएको मिति फागुन २१ गतेको निर्वाचनमा लाग्न दलहरुलाई आग्रह गरेका छन् ।

mulpatra

संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताउँदै अन्तरिम सरकारले तोकेको फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सफलतापुर्वक सम्पन्न गर्न सबै दलहरुलाईआग्रह गरेका छन् ।

शुक्रवार शीतल निवासमा आह्वान गरेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा राष्ट्रपतिले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन र निर्वाचनको विकल्प खोज्न नहुनेमा दलहरुलाई आग्रह समेत गरेका छन् ।

mulpatra mulpatra mulpatra

राष्ट्रपतिको आव्हानमा भएको बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री सुसिला कार्की लगायत सबै मन्त्रीहरु सहभागी थिए । दलको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव बर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबहाक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकिकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुषाल लगायत अन्य दलहरुबाट समेत प्रमुख व्यक्तिहरु सहभागी थिए ।